Comments Add Comment

विराटनगर महानगरमा छोरी बचाऔं अभियान

मापदण्ड पूरा गर्ने दम्पतीलाई नगद ३ हजारसहित सम्मान

३० फागुन विराटनगर । विराटनगर १८ की रेखादेवी शाहको उमेर २४ वर्ष पूरा भएको छ । उनी पहिला सन्तानको आमा हुन् । पहिलो सन्तान छोरी रहेकी छिन् ।

विराटनगर महानगरपालिकाले उनीलाई बुधबार तीन हजार प्रोत्सान रकमसहित सम्मान गरेको छ ।

महानगरले छोरी बचाउन अभियान स्वरुप महानगरले दिएको निश्चत दायारा पूरा गरेको भन्दै उनलाई सम्मान गरेको हो । उनी जस्तै महानगरले दिएको निश्चत दायरा पूरा गर्ने अन्य ३० दम्पतीलाई पनि नगद तीन हजारसहित सम्मान गरेको छ ।

महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुती गराउने आमाहरुलाई छोरी बचाउन अभियान रुपरुप महानगरले त्यस्ता दम्पतीलाई पो्रत्सान गर्ने अभियान ल्याएको थियो ।

महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगर भित्र अभियान ल्याएको हो ।

महानगरले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको, नियमिति गर्भ जाँच गराउने, पहिलो सन्तान छोरी जनमाउने र अस्पतालमै सन्तान जन्माउने आमाहरुलाई छोरी बचाउन अभियान मार्फत त्यस्ता नगर क्षेत्रका आमाहरुलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम थालेको हो ।

जसका लागि त्यस्ता दम्पतीलाई निवेदन दिन महानगरले आग्रह गरेको थियो । सोही अनुरुप महानगरमा परेको ३१ निवेदन परेका दम्पतीलाई नगद तीन हजार रुपैयाँसहित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेको हो ।

कार्यक्रममा १४ दम्पती आफ्ना पहिलो सन्तान छोरीसहित सहभागी भएका थिए भने अन्य सम्पत्तिलाई सम्बन्धित वडामार्फत प्रदान गरिने मेयर भीम पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउन अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले महानगरको यो अभियानलले समाजमा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा केही भएपनि परिर्वतन ल्याउन सकिनेमा आशावादी रहेको भनाइ थियो ।

गएको २३ साउन बसेको महानगरको नगरपरिषदले साउन यता नगर क्षेत्रका पहिलो सन्तान छोरी हुने र महानगरले दिएको निश्चत मापदण्ड पूरा गरेका २ सय सम्पतीलाई छोरी बचाऔं अभियान मार्फत नगदसहित सम्मान गर्ने कार्यक्रम समावेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment