Comments Add Comment

अमेरिकी उत्तरपूर्वी राज्यमा भिषण हिमपात, जनजीवन प्रभावित

बोस्टन । न्यू इङ्गल्याण्ड अर्थात् अमेरिकाका उत्तरपूर्वी ५ राज्यहरुमा भिषण हिमपात भएको छ । गत २ हप्तामा आज तेश्रो ठूलो हिमपात हो ।

रोड आइल्याण्ड, कनेटिकेट, म्यासाचुसेत्ट्स, न्यु हम्प्सायर र मेन राज्यहरुमा लाखौं घरहरुमा बिजुली निभेका छन् । स्कुल र यातायात र जनजीवन ठप्प भएका छन् । हजारौं हवाइ उडान पनि रद्द भएका छन् ।

यी पाँच राज्यकै सबैभन्दा ठूलो शहर बोस्टन हिमपातबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

बोस्टनमा २० इन्चसम्म हिउँ जमेको छ । हिउँ पर्ने क्रम जारी छ । स्कुल २ दिनदेखि बन्द छन् । जनजीवन ठप्प छ ।

८० मिल प्रतिघण्टाको वेगमा आँधीहुरी आएको छ । यो २ हप्तामा म्यसाचुसेत्ट्स राज्यमा मात्र नौ लाख जनता विद्युतविहीन भए । सडकमा सयौं गाडीहरु दुर्घटनामा परेका छन् ।

बोस्टनमा कार्यरत नेपाली फोटो जर्नालिस्ट विमल नेपाल, जो क्याम्बि्रज क्रोनिकल न्युजपेपरमा पनि काम गर्छन्, ले हार्वर्ड युनिभर्सिटी वरपर खिचेका यी तस्वीरहरु हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment