Comments Add Comment

रेसुङ्गामा वर्षेनी डढेलो, करोडौंको क्षती 

३० फागुन, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेको डढेलो बुधवार नियन्त्रणमा आएको छ । मंगलबार रातिबाट रेसुङ्गा नगरपालिका १४ पराल्मीको फूलबारी सामुदायिक वनबाट शुरु भएको आगो बुधबार बिहान मात्रै नियन्त्रणमा आएको गुल्मीका प्रमुख जिलला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।

सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।

आगो निभाउन मंगलबार साँझदेखि नै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दा आगलागी क्षेत्रमा पुगेका थिए ।

रेसुङ्गा बन क्षेत्रको गौशालाबाट सल्किएको आगो नियन्त्रणका लागि नेपाली सेना बिरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, जिल्ला प्रहरी कार्यालयको टोली र स्थानीयबासिन्दा खटिएर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी निरीक्षक बासुदेव कुवँरले जानकारी दिए ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वनमा वर्षेनी लागेको वन डढेलोबाट करोडौं मूल्यको बन्यजन्तस तथा बनस्पतीको क्षती हुने गरेको छ ।

रेसुङ्गा बन क्षेत्र ऐतिहासिक धार्मिक क्षेत्र पनि हो । जहाँ अरवौं मूल्य बराबरको धार्मिक भौतिक संरचना छ । आगोबाट बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौंडाकोट, दुविचौर, तम्घास र अर्खलेसम्मका वस्तीहरु जोखिममा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment