Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७४ फागुन ३० गते १५:११
While he is in India, is he brave enough to talk following issues: 1. Old 100 & 500 Indian rupees notes remain in Nepali banks and people 2. Lifting all hidden tariff imposed onside by corrupt Indian bureaucrats during export and import goods 3. issuing an explosive license to Nepali gas bullet 4. Export restriction of Nepali agriculture produce & imposed GST
Dolma Sherpa
२०७४ फागुन ३० गते १२:४०
खतिवडा को रिजर्भ बैंकका अधिकारीहरू संग राम्रो सम्बन्ध छ. नेपाली र भारतीय मुद्राको कालाबजारीको श्रेय पनि यिनै खतिवडालाई जान्छ. मनीचेंजर र नेराबैंकको मिलोमतोमा जनतालाई सास्ती भयो. खतिवडा गभर्नर हुंदाको उपलब्धी हो यो.

अर्थमन्त्री खतिवडा भारत जाँदै

३० फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार दिउँसो १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ ।

भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।

तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । उनले कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका नजिकका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा भाग लिएर अर्थमन्त्री खतिवडा भोलि बिहीबार नेपाल र्फकनेछन् ।

सूचना प्रविधिका कारण मौलाउँदो आतंवादको नयाँ स्वरुपबारे अर्थमन्त्री खतिवडाले ‘कि नोट स्पीकर’का रुपमा सम्बोधन गर्नेछन् ।

आतंवादविरुद्ध नेपालले लिएको नीतिबारे पनि उनले विश्व समुदायलाई जानकारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment