Comments Add Comment

‘भिमसेन’ निर्माणको घोषणा


चलचित्र ‘भिमसेन’ निर्माणको घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यूवी फिल्मस् ग्यालरीको ब्यानरमा बन्न लागेको चलचित्रको घोषणा गरियो । यो चलचित्रलाई कमेडी, लभ र एक्सनको कथामा निर्माण गरिनेछ । चलचित्रलाई भोमान कटुवालले निर्देशन गर्दैछन् ।

कला राइले चलचित्र निर्माण गर्दैछिन् । यो चलचित्रमा राजु किराती एक्सन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन र ओम सुनुवारको सङ्गीत रहनेछ । चलचित्रमा अधिकांश नयाँ कलाकारको बाहुल्यता छ ।

संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्कुमार राईलगायतका कलाकारको अभिनय रहने छ ।

केहि कलाकारको छनोट हुन बाँकी रहेको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट सुरु गरिनेछ । काठमाण्डौमा चलचित्रको छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment