Comments Add Comment

‘लिलिबिली’ टिमसँग प्रदिपको ‘सोलीडोली’


नायक प्रदिप खड्का अहिले चलचित्र ‘लिलिबिली’को प्रमोशनमा व्यस्त छन् । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’लाई लिएर प्रदिप उत्साहित पनि छन् ।

चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । मिलनको साथमा गोविन्द शाही र सुदिप खड्का चलचित्रका निर्माता हुन् । यो टिमले अब अर्को चलचित्र पनि बनाउने भएको छ । चलचित्रको नाम ‘सोलीडोली’ राखिएको छ ।

यो चलचित्रमा पनि नायक प्रदिप खड्का नै फाइनल भएका छन् । नायिका भने फाइनल गरिएको छैन । वुझिएअनुसार, चलचित्रको छायांकन आउँदो बर्षको भदौबाट सुरु गरिनेछ । ‘सोलीडोली’लाई पनि निर्देशक मिलन चाम्सले नै निर्देशन गर्दैछन् ।

प्रदिपले ‘सोलीडोली’ भन्दा अगाडि चलचित्र ‘भैरवी’ गर्दैछन् । यो चलचित्रलाई सुवास गिरीले निर्माण गर्दैछन् भने दिनेश राउतले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment