Comments Add Comment

‘बिर विक्रम २’मा बर्षाको इन्ट्री


निर्देशक मिलन चाम्सले चलचित्र ‘बिर बिक्रम २’ निर्माण गर्ने घोषणा केहि समय अगाडि नै गरेका थिए । चलचित्रका लागि अहिले कलाकार फाइनल गर्ने काम पनि भैरहेको छ । चलचित्र ‘बिर विक्रम’मा नायिका दिया पुनले काम गरेकी थिइन् । तर, अब ‘बिर विक्रम २’मा भने अर्की नायिकाको इन्ट्री भएको छ ।

यो चलचित्रमा नायिका बर्षा सिवाकोटीले काम गर्ने पक्का भएको छ । निर्देशक मिलन चाम्सले बर्षासँग कागजी संझौता भैसकेको जानकारी दिए । चलचित्रमा दिया पुन विशेष भूमिकामा देखिनेछिन् । मिलनका अनुसार, चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ ।

चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने दोहिरिनेछन् । चलचित्र ‘बिर विक्रम’ हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment