Comments Add Comment

स्मार्ट मास्क : जसले सार्वजनिक ठाउँमा गोप्य फोनवार्ताको सुविधा दिनेछ

मोबाइल तथा फोनमा कुराकानी गर्दा आफुले बोलेको अरुले नसुनुन् भन्ने धेरैले चाहन्छन् । गोपनीयतासँगै कार्यालय समयमा अन्यलाई ‘डिस्टर्ब’ नहोस् भन्ने पनि सबैको चाहना हुन्छ ।

गोपनीयता कायम गर्न सानो स्वरमा कुराकानी गर्दा अर्काेतर्फ नसुनिन सक्छ । ठूलो स्वरमा कुराकानी गर्दा नजिकै बसेकाले सुनिहाल्छन् । तर, अब यस्तो मास्क आएको छ, जसले लगाउँदा फोनमा कुराकानी गरेको नजिकै बसेकाले पनि सुुन्दैनन् ।

यो हो, ‘हुस्मे मास्क’ जसलाई मोबाइल फोनका लागि पहिलो भ्वाइस मास्कका रुपमा ब्याख्या गरिएको छ ।

ब्लुटुथ जोडिएको यो डिभाइस अनुहारमा लगाउन सकिन्छ । यसले बोलेको आवाज बाहिर जान दिदैन । यसको मूल्य २ सय अमेरीकी डलर जति पर्न आउँछ ।

यो वर्षको अन्त्यदेखि यसको व्यवसायिक उत्पादन थाल्ने यसको उत्पादक कम्पनीको योजना छ ।

यसमा हावा, पानी समुद्र, चरा, बादर र लोखर्के र आरटु डिटु जस्ता साउण्ड अप्सन रहेका छन् । साथै यसमा एक्टीभ र प्यासिभ गरी दुईवटा मोड राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment