Comments Add Comment

प्रधानमन्त्री ओलीको चुनौती : नजिकबाट हेर्नुस्, दाग देखे भन्नुस्


३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिको भान्सासमेत गोप्य रहन नहुने बताएका छन् ।

आफूलाई विश्वासको मत दिने चार दलका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरुको सम्मानमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनप्रतितिहरुले आफूलाई नजिकबाट हेर भन्न सक्नुपर्ने बताए ।

उनले अघि भने ‘परबाट हेर्दा सुकिलो देख्यो । यसो नजिक गएर हेर्दा अलिकति भ्रष्टाचार, अलिकति बेइमानी देखियो भने नराम्रो हुन्छ ।’

हरिभक्त कटुवालको कविताभन्दा पृथक ‘मलाई नजिकैबाट हेर, खुला पुस्तकजस्तो छु’ भन्न सक्नुपर्ने उनले बताए ।

ओलीले भने, ‘तपाई जनप्रतिनिधि हो, तपाईको भान्सा गोप्य रहनु हुदैन । भान्छामा कसैलाई पस्न दिन्न भन्नुहुन्छ भने त्यहाँ केही …. (हाँसो) कन्ठी बाँधेको छ तर, मुसा खान्छ कि ?’

नजिकबाट हेर्दा पनि दागरहित हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म च्यालेन्जका साथ भन्छु, नजिकबाट हेर्नुस्, दाग-धब्बा देख्नुभयो भन्नुस् ।’

उनले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment