सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

परिवर्तनकारीहरु एकजुट हुँदा शक्तिको स्वर्गमा भूकम्प : प्रचण्ड

कैलालीबाट जनप्रतिनिधिमाथि हमला सुरु भएको छ, गम्भीर बनौं

Suzuki
अनलाइनखबर


३० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले पाएको विश्वासको मत र राष्ट्रपति निर्वाचनसँगै राष्ट्रिय एकता अझ मजबुत भएको टिप्पणी गरेका छन् ।

हिमाल, पहाड र मधेसको बलियो एकता कायम गर्दै अब राष्ट्रिय एकता सुदृढ गर्ने क्रम आरम्भ भएको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजना गरेको चियापानमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्र एकढिक्का हुँदै गएको बताए । उनले मञ्चमै रहेका महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको नाम लिँदै दुई तिहाई बहुमत देशको सम्मृद्धि र राष्ट्रिय एकताको लागि भएको बताए ।

प्रचण्डले भने ‘प्रधानमन्त्रीले पाएको विश्वासको मत वा राष्ट्रपति चुनावमा जसरी दुई तिहाई भन्दा बढी मत आएको छ, हाम्रो गठबन्धन अझ राष्ट्रिय एकता बलियो बनाउन चाहन्छ । यतिनै बेला अर्को पक्ष यो प्रक्रिया अवरुद्ध गर्न चाहन्छ, त्यसप्रति हामी सचेत हुनुपर्छ । हाम्रो दुई तिहाई सामाजिक न्याय, राष्ट्रिय एकता र सम्मृद्धिको लागि हो ।’

प्रचण्डले परिवर्तनकारी शक्तिहरु एकजुट हुँदा केही शक्तिको स्वर्गमा भूकम्प गएको टिप्पणी गरे । अहिलेको गठबन्धनमा अन्तरविरोध सिर्जना गर्न नियोजित रुपमा गलत प्रचार भइरहेको उनले बताए । १० वर्षअघि एउटा सन्दर्भमा आफूले बोलेका कुराहरुलाई अहिले सामाजिक सन्जालमा भाइरल बनाइएको प्रचण्डले बताए ।

प्रचण्डले अहिले नियोजित रुपमा विभिन्न घटनाहरु गराउन थालिएको भन्दै त्यसप्रति गम्भीर बन्नुपर्ने बताए ।

प्रचण्डले भने ‘जनप्रतिनिधिमाथि हमला शुरु भएको छ, कैलालीमा । भैरहवामा एकजना व्यवसायीमाथि फेरि हमला भयो । ठाउँ ठाउँमा जनप्रतिनिधिमाथि हमला गर्ने योजनाको कुरा हामीले सुनेका छौं । जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा श्रृंखलाबद्ध हमलाको योजना गम्भीर कुरा हो ।’

२०७४ फागुन ३० गते १३:०५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Nabin लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १४:३८

    Prachanda Ba Tapaile Nai Ropeko Biruwa Hurkeko Ho . Aru Lai Dhoka Dida Kasto Hunchha Ab Bistarai Taha Hudai Janechha Yo Kura Tapaiko Aafno Pacchama Kati Janmat Chha Sabailai Thaha Bhayakai Kura Ho .

    2
    0
    Share

  • खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १५:०५

    खै के भन्ने, यसो सत्य कुरा गरो भने माओबादी क़ा साथी ले मेरो गाउँ भार्सेमै आएर सिर छेदन गरि सफाया गर्ने पो हुन् कि ?? , मलाई असत्य बोल्न आउदैन, देखेको सत्य बोल्ने हो एमाले र क़ा माओबादी साथीहरु रिसाए पनि
    सुन्नुहोस प्रचण्ड कमरेड सर !!
    तपैले भनेका सबै कुरा सहि होलान म नाइ भन्दिन , साबि ठिक ल माने , सबै सिरोधार्य छ , हाम्रो बिमति केहि छैन.
    अँ !!! “परिवर्तनकारीहरु एकजुट हुँदा शक्तिको स्वर्गमा भूकम्प” यो तपाइको काल्पनिक कुरा हो न परिवर्तनकारीहरु एकजुट हुँदा कसैलाई केहि टाउको धुखाई छैन, त्यस्तो शक्तिको स्वर्गमा र शक्तिको नर्क पनि कहिँ छैन न त्यस्तो केहि कतै भूकम्प गएको छ, बरु ७२ साल क़ा भुकम्प पिडित जति सबै ले तपाइको सरखर बाट राहत को काम को तिब्रता, प्रभाब्करिता र प्रगति खोजेका छन्
    आब पनि यस्ता जाली, झेली, बकम्फुसे र क़ाइते कुरा गरेर हाम्रो ध्यान अन्तै मोडेर सरकार मोज मस्ती मै बिथाउने सुर छ जस्तो छ किनकि, तपाइहरुको बाम गठबन्धन जितेको यत्रो ४ महिना भयो, अहिले सम्म केहि तयार गरेको रहेनछ, एउटा गतिलो भासन त् तयार रहेंनछ अस्ति ससदमा हाम्रा प्रधानमन्त्री तपाइक़ा परम मित्र स.मा. प्र. म. ओली जीको भासन सुनेर दुख लाग्यो , तपाई र स.मा. प्र. म. ओली जी लाई त् थाहा थियो त् म प्रधान मन्त्रि बन्दै छु, के त्यस्तै भासन गरेर ५-१० बर्स एमाले माओबादी ले देस हक्न्नू विचार छ कि के हो, यस्स्वो “outline ओफ़ strategic एक्शन फोर ट्रांस्फोर्मेशन न्यु नेपाल मा एमाले माओबादी को सोच” का ४-५ लाइन मात्र भनं सक्नु भएनता . सम्ब्बबत अस्ति ससदमा पाएको जस्तो सुनौला मौका स.मा. प्र. म. ओली जी लाई फेरी कहिले आँउने छैन , नेपाली जनता ले अस्ति ससदमा स.मा. प्र. म. ओली जी बाट आगामी ५ वर्ष देश कता कसरी जान्छ, पोलिसी के हो, हाम्रो पोलेशी ज्ञाप कहाछा, कस्ता रणनितिक दिशा अपनाएको छ, श्रोत् को आबकस्यता र कमि कसरी पुरा गरिन्छ, कति समय सिमा मा के के काम पुरा हुन्छन र त्यसको ग्यारेन्टी के छ जस्ता ठुलो कुरा सुन्ने आस गरेका थिए आस निरस मा परिणत भयो , खैत वाम एकता किन, ३/४ मत किन त्यसको औचित्य पुस्टि गर्न सक्नु भएन भएन त्यति नाथे कुरा सम्म भनाउन सक्नु भएन त
    अब यस्ता कुरा नगरेर पुरा ध्यान Policy direction, law, rules and order enforcement, Full functioning of TRC, preparing strategic action points for 5 years, seeking necessary recources and fulfilling resource gaps, corruption control and making burecracy efficiently/effictively work , creating condusive environmentfor every citizen participation in Nation Building, social inclusion and giving the fruit of change that you spherehead since 2052-2062. FulfillingSDG committment and addressing human rights matter.

    7
    1
    Share

  • newnepal लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १५:११

    Dasaun hajarko Balidan chadhayer tehi K POli Khane communist re sang samjuta garer kati din dhatne ho janatalai … Sahakarmi harulai dhoka diyer poilo jane nakkali communist

    2
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this