Comments Add Comment

सेयर बजार बढ्यो, कारोबार घट्यो


३० फागुन, काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रालयमा माग सहितको पत्र दर्ता गराएसँगै बजार बढ्न केही सहयोग पुगेपनि लगानी भने बढ्न सकेको छैन ।

मंगलबार र बुधबार दुवै दिन सेयर बजार सिमान्तदरमा बढेपनि कारोबार रकम भने सुस्तिदै गएको छ । २५/३० करोड हाराहारीमा कारोबार भइरहेको सेयर बजारमा बुधबार मात्रै १८ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।

प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको दुई दिनमै बजारमा सूचीकृत हुन थालेकोले पनि लगानीकर्ताहरु प्राथमिक बजारमा इच्छुक देखिन थालेका छन् ।

रसुवागढी र सान्जेन हाइड्रोपावरको सेयर भने तत्काल सूचीकरण हुनेछैन । यी संस्थाले हाल सञ्चयकर्ताको लागि मात्र सेयर जारी गरेको र सर्वसाधारण समूहमा सेयर जारी पछि मात्रै सूचीकरण हुनेछ ।

अर्कोतर्फ, बजारमा कर्जा योग्य पुँजी अभावले निक्षेपको ब्याजदर घट्न सकेको छैन भने कर्जाको ब्याजदर पनि महंगिएको छ ।  तत्काल पुँजी अभावको समाधान नहुँदासम्म बजार बढ्न समस्या नै रहेको बजार सरोकारवालाहरुले बताएका छन् । बुधबार बजार सुचक चार अंकले बढेको हो ।

बजारमा कतिपय सेयर अंकित मूल्यमा पाइने अवस्था बनेपनि लगानी भने बढ्न सकेको छैन । वाणिज्य बैंकको सेयर कारोबार भने उच्च भएको छ । कारोबार हुने प्रमुख १० मा वाणिज्य बैंक समूह नै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment