Comments Add Comment

बजाजको नयाँ शोरुम दाङको तुलसीपुरमा


३० फागुन ,काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज बाइकको नयाँ शोरुम क्रस बोडर प्रा.लि दाङको तुलसीपुरमा संचालनमा ल्याएको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको कम्पनी बताउँछ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले २०७४ फागुन ३० गते यो शोरुमको उद्घाटन गरे ।

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment