Comments Add Comment

उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल !

१ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । उसले पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ ।

वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार अझै टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment