Comments Add Comment

कस्तो रह्यो ‘शत्रु गते’को मोफसल टुर ?


गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ले काठमाण्डौ बाहिरका विभिन्न शहरमा चलचित्रको प्रचार सकेको छ । आउँदो चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर काठमाण्डौ बाहिरका दर्शक उत्साहित रहेको निर्माणपक्षले जानकारी दिएको छ ।

‘मह शत्रु गते यात्रा’ नाम दिएर सुरु गरिएको टुरमा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण केसी , अभिनेत्री दीपाश्री निरौला , शिवहरि पौडेल , पल शाह र आँचल शर्मा सहभागी थिए ।

फागुन २३ गते हेटौडाबाट सुरु भएको टुर २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ । यी सबै शहरमा निर्माणपक्षले पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरेको थियो । कन्सर्टमा दर्शकको सहभागीता देखेर पनि यसका कलाकार तथा निर्माता उत्साहित छन् । प्रदिप भट्टराइले चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्यले धेरै लामो समयपछि यसरि दर्शकसँग साक्षात्कार गर्न पाएको भन्दै खुशी व्यक्त गरे । यस्तै, चलचित्रकी कलाकार दीपाश्री निरौलाले दर्शकको माया र साथ देख्दा खुशी लागेको भन्दै चलचित्रले पनि राम्रो व्यापार गर्नेमा आफू आशावादी रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment