Comments Add Comment

सेयर बजार बाहिर पाँच अर्बको दबाब, बजारमा १८ करोडको कारोबार !


१ चैत, काठमाडौं । सयर बजारमा दैनिक कारोबार रकममा हुने उतार चढावको पनि अर्थ रहन्छ । बजार घटेपनि कारोबार रकम अघिल्लो दिनहरुमा भन्दा बढ्यो वा मासिक औसतको दरमा रह्यो भने बजारको ‘स्ट्रेन्थ’ कायम रहेको वा दरिलो रहेको मानिन्छ ।

बुधवार बजारमा १८ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएपछि लगानीकर्ताहरु केही हच्किएका छन् । माघ महिनामा दैनिक औसत कारोबार ३२ करोडको हाराहारीमा रहेको थियो ।

‘घट्दो बजारमा दैनिक कारोबार रकम घट्दा लगानीकर्ताहरुमा बजार थप घट्छ कि भन्ने डर बढ्ने गर्छ, यद्यपी उकाध दिनको कारोबार रकम हेरेर मात्रै बजारले कत्तिको स्ट्रेन्थ पाइरहेको छ भन्ने प्रक्षेपण गरिन्छ,’ एक विश्लेषकले भने ।

बैंकहरुमा कर्जा योग्य लगानी अभाव समस्या कायम रहँदा लगानीकर्ताहरुलाई प्राथमिक बजारको दबाब पनि त्यतिकै देखिएको छ । विहीवारसम्म प्राथमिक बजारमा चार अर्ब चार करोड रुपैयाँको हकप्रद सेयर जारी भइरहेको छ । केही दिनमा नेपाल इन्स्योरेन्सको करिब ३० करोड रुपैयाँको सेयर आउने भएको छ ।

यसअघि जारी भएर नबिकेका ५२ लाख कित्ता सेयर बोलकबोल प्रक्रियाबाट बिक्री भइरहेको र क्रममा रहेका छन । न्युनत्तम मूल्य एक सय रुपैयाँकै आधारमा पनि लगभग ५२ करोड ५५ लाख रुपैयाँबराबरको दबाब यसबाट पनि परिरहेको छ ।

लगानीकर्ताहरुको लगानी क्षमता घटेको यसले पनि देखाइरहेको छ । बीमा सहित बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा भएको गुणात्मक वृद्धि र त्यसअनुसार लगानीकर्ताको संख्यामा वृद्धि हुन नसक्दा पनि बजारमा सुधार हुन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment