Comments Add Comment

दुई महिलाले चोरे ११ लाखका ब्रा

चोरी गर्नेले चोर्नका लागि के चिज पो बाँकी राखे र ? अमेरिकामा हालै दुईजना महिलाले ११ लाख रुपैयाँ भन्दा धेरै मूल्यका ब्रा चोरेका छन् ।

क्यालिफोर्नियामा दुईजना महिलाले भिक्टोरिया सेक्रेट फेसन हाउसबाट ११ हजार डलर मूल्यका वक्षकवच चोरी गरे । वक्षकवच चोरी गर्ने ती महिलालाई पुलिसले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २२ वर्षकी ब्लेका थालिया क्विन्तेरो र १९ वर्षकी एन्टाने रहेको बताइएको छ । ती महिलाहरुले भिक्टोरिया सेक्रेटको स्टोरका महिला कर्मचारीलाई पेपर स्प्रे छर्किएर लुटपाट गरेका थिए ।

उनीहरुलाई चोरी गरेर भाग्दै गर्दा पुलिसले पक्रिएको हो । पुलिसले चोरी गरिएका ११ लाखका ब्रा बरामद गरेको छ ।

दुबै महिलामाथि डकैती तथा अपराधका लागि अश्रु ग्यासको प्रयोग गरी गैरकानूनी रुपमा अश्रुग्यास आफूसँग राखेको समेतको आरोपमा मुद्दा चलाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment