Comments Add Comment

किशोरीको अनुहारमा तातो घ्यू खन्याउनेलाई भारत भगाउने समातिए

पीडित युवती । फाइल फोटो

चैत्र १, कञ्चनपुर । बिहे गर्ने प्रस्ताव अस्वीकार गरेको भन्दै युवतीको अनुहारमा तातो घ्यू खन्याएर फरार रहेका अभियुक्त राजेश चन्दलाई भारत भगाउन सहयोग गरेको आरोपमा एक जना पक्राउ पक्राउ परेका छन् ।

चन्दलाई आफ्नो मोटरसाइकलमा भारततर्फ पुर्‍याएर फर्किँदै गरेको अवस्थामा भीमदत्त नगरपालिका–१० का ३० वर्षीय रमेशदत्त भट्ट पक्राउ परेका हुन् ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले उनलाई पक्राउ गरिएको पुष्टी गरे । उनले चन्द भारत भाग्न सफल भए पनि त्यहाँको प्रहरीको सहयोगमा चाँडै पक्राउ गरिने बताएका छन् ।

भट्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

पीडित युवतीको आँखामा सुधार

पीडित युवती सुनिता चन्दको आँखामा केही सुधार भैरहेको उपचारमा संलग्न गेटा आँखा अस्पतालका नेत्र चिकित्सक डा. अनिश मानन्धरले बताएका छन् ।

उनले सुनिताको आँखा सुन्निएका कारण औषधी राखेर उपचार गरिरहेको र केही दिनभित्रमै आँखाको शल्यक्रिया गरिने बताएका छन् ।

डा. मानन्धरले सुनिताको आँखाभित्रको सेतो भागमा कोतरिएजस्तो देखिएको भएपनि आँखाको नानीमा भने कुनै समस्या नरहेको बताए ।

यसअघि बुधबार बिहान भिमदत्त नगरपालिका–५, बनखेतस्थित आफ्नै घरमा घ्यू तताएर बसिरहेकी सुनितालाई स्थानीय दिपकले घ्यू खन्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment