Comments Add Comment

‘एक बर्षमा बिहे गर्छु, सविनसँग नै हुन्छ भन्ने ग्यारेन्टी छैन’: अनु शाह


नायक सविन श्रेष्ठ र नायिका अनु शाहबीचको ‘अफेयर’ मिडियामा गसिपको विषय बन्दै आएको छ । हालै मात्र उनीहरु जिल्ला अदालतमा एकैसाथ देखिएपछि उनीहरु कागजी बिहे गर्न पुगेकोसमेत कतिपयले अड्कल गरे ।

तर, खासमा उनीहरु अर्कै कामका लागि अदालत पुगेका थिए । सविनालाई एक व्यक्तिले दिएको धम्कीका बारेमा उजुरी गर्न आफूहरु त्यहाँ गएको अनुले बताइन् । तर, धम्कीका बारेमा राम्ररी खुलाइनन् ।

‘म उहाँसँग साथी मात्रै गएकी थिएँ,’ उनले भनिन्, ‘तर, कसैले हाम्रो फोटो खिचेर बिहे गर्न आएको प्रचार गरेछन् ।’ त्यसो भए तपाईंहरु साँच्चै बिहे चाहिँ कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले एक वर्षमा आफ्नो बिहे हुन सक्ने संकेत गरिन् । तर सविनसँगै हुन्छ भन्ने ग्यारेन्टी नरहेको पनि बताइन् ।

‘बिहे त गर्छु, तर कोसित भन्ने अझै थाहा छैन,’ उनले भनिन् । ‘तर, सविनले तपाई ५ सय प्रतिशत तपाईंसँगै बिहे गर्छु भनिरहनु भएको छ नी ?’ भन्ने अनलाइनखबरको प्रश्नमा अनुले जवाफ दिइन्, ‘हो र ? मसित त बिहेको कुरै गर्नुभएको छैन ।’

यदि चाँडै बिहे गर्ने प्रस्ताव गर्नुभयो भने के जवाफ दिनुहुन्छ भन्ने प्रश्नमा हाँस्दै भनिन्, ‘खोई ?’ सविन आफ्नो ‘क्लोजफ्रेन्ड ‘ भएको बताउँदै उनले प्रेम सम्वन्धमा रहेको स्वीकार्नै आनाकानी गरिन् ।

‘हामी बेला-बेला भेट्छौं, कफी खान्र्छौैं । फोनमा पनि लामै कुरा हुन्छ । तर, प्रेममा परिसकेको अवस्था होइन । मैले उहाँलाई व्वाइफ्रेन्ड का रुपमा नभएर क्लोज प|mेन्डका रुपमा हेरेको छु ।’ उनले भनिन् ।

करिब ५ वर्षअगाडि अनलाइनखबरका लागि होलीको फोटोसुट गर्दा पहिलोपटक सविन र अनुको भेट भएको थियो । त्यसपछि उनीहरुले लक्ष्य, आदि बाटो, हमेशा लगायतका फिल्ममा सँगै काम गरे । यही क्रममा एक-अर्कासँग नजिकिएका थिए ।

सविनको प्रशंसा गर्दै अनु भन्छिन्, ‘उहाँ एकदम समझदार, सहयोगी र व्यवहारिक हुनुहुन्छ । मलाई धेरै कुरामा सहयोग गर्नुहुन्छ ।’ सविन र अनुको सम्वन्धबारे मिडियामा आउने गसिपप्रति अनुका परिवारले पनि चासो राख्दा रहेछन् । बिहे गरेको खबर आएपछि त झन् कडै सोधपुछ भएको थियो ।
‘मैले परिवारमा पनि मेरो नजिकको साथी मात्र हो भनेकी छु,’ उनले भनिन् ।

अनु यतिबेला फिल्ममा भन्दा पनि स्टेज शोहरुमा बढि व्यस्त छिन् । हालै प्रदर्शित फिल्म ‘कान्छी’मा उनको अभिनय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment