Comments Add Comment

विमान दुर्घटनामा ज्यान गुमाउनेलाई नेपाली क्रिकेटरको श्रद्धाञ्जली

१ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीसँग मैदान उत्रिँदा नेपाली क्रिकेटरहरुले देब्रे पाखुरामा कालो पट्टी बाँधेका छन् ।

उनीहरुले यो कुनै विरोधमा कालो पट्टी बाँधेका भने होइनन् । सोमबार काठमाडौंमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिन उनीहरुले कालो पट्टी बाँधेका हुन् ।

विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment