Comments Add Comment

एकीकृत नमूना झापाली वस्तीको शिलान्यास

१ चैत झपा । वैदेशिक रोजगार, ब्यावसाय वा अध्ययनका सिलसिलामा विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुले झापामा एकीकृत नमूना बस्ती बनाउन शुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजले झापाको कमल गाउँपालिका-१ सरङपाडा मिस्त्री स्तीमा गत बाढीले विस्थापित भएका ९ घर परिवारका निमित्त घर बनाउन लागेको हो ।

एकीकृत नमूना बस्तीभित्र बनाइने ९ घरको झापास्थित भवन निर्माण सहयोग समितिको आयोजनामा फागुन ३० गते शिलान्यास गरिएको छ ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्य तथा विशिस्ट अतिथी अन्तराष्ट्रिय झापाली समाजका संरक्षक एवं पूर्व संयोजक भवानी ओली र अतिथी जग्गादाता दानवीर हर्कबहादुर डाँगीले वस्तीको शिलन्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै अतिथी जग्गादाता हर्कबहादुर डाँगीले विस्थापित परिवारका निमित्त दान गरेको जग्गामा घर निर्माण गरिदिने प्रवासमा रहेका झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाजप्रति आभार व्यक्त गरेका थिए ।

प्रमुख अतिथि काफ्लेले अन्तर्राष्ट्रिय झापाली समाजले पुनर्निर्माण वस्ती निर्माण गर्न कमल गाउँपालिका रोज्नु भएकोमा निर्माणकर्तालाई धन्यवाद दिदै गाउँपालिकाको तर्फबाट वस्तीमा बसोबास गर्ने परिवारलाई समृद्द बनाउन जोड दिइन् ।

गत साल साउनमा आएको बाढीले अस्तव्यस्त बनाएको बखतमा नै समाजले झापाका विभिन्न स्थानमा पुगेर बाढीबाट प्रभावित पीडितहरुलाई जिल्ला प्रशासन कार्यलय झापाको रोहबर र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहकार्यमा झन्डै १५ लाख बराबरको राहत सामाग्री बितरण गरेको थियो । उक्त समयमा प्रतिबद्धता गरिए अनुसारै आवास निमार्णको काम शुरु गरिएको हो ।

कुल तीन कट्ठा क्षेत्रफल रहेको जग्गामा निर्माण हुने ९ वटा घरको प्रतिघर लागत झन्डै ४ लाख अनुमान गरिएको छ ।

समितिले आगामी जेठ महिनाभित्र बाढीपीडितहरुलाई घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको समितिका सचिव केशव श्रेष्ठले जानकारी दिएका छन् ।

एकता, सहयोग र सहकार्यको लक्ष्यमा कटिबद्द यस समाजमा अस्ट्रेलिया, कोरिया, युएई, इजरायल, कुवेत, जापान, कतार, हङकङ, बेल्जियम, अमेरिका, बहराइन, लक्जेम्बर, नेदरल्यान्ड, जर्मनी, साइप्रस, इङ्ल्यान्ड, क्यानडा र मलेसिया गरि १८ वटा देशहरुमा रहेका झापालीहरु संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment