Comments Add Comment

राजेश हमालसँग भिड्छु र जित्छु ! :शोभित बस्नेत


छोटो समयमा धेरै चलचित्र बनाउने निर्देशकको रुपमा चिनिन्छन् सोभित बस्नेत । निर्देशनसँगै अभिनयमा पनि सक्रिय सोभित एक हास्य कलाकार पनि हुन् । पछिल्लो समय सेल्युल्वाइड फिल्मको साथै कमेडी सिरियल निर्माणमा जुटेका सोभितलाई अनलाइनखबरले केही फन्टुस प्रश्न गरेको थियो । सुनौ उनको जवाफ:

तपाईले देखेको सबै भन्दा हाँसोउठ्दो मान्छे ?
ऋषि धमला नै हो । त्यत्तिको हाँसो उठ्दो मान्छे अरु छैन ।

पशुपतिका बाँदर र तपाईमा के फरक छ ?
स्वभाव त उस्तै उस्तै हो । एउटा कुरो फरक छ । त्यो रुख चढ्न सक्छ म सक्दिनँ ।

भगवानसँग तीन बरदान माग्नुपर्दा के माग्नुहुन्छ ?
फिल्म लाईनमा एकले अर्काको उछित्तो काढ्ने चलन छ । म तीनै पटक एउटै वरदान माग्छु । प्लिज फिल्मवालालाई एक अर्कालाई गाली नगर्ने बुद्धि देउ भनेर ।

तपाई प्रधानमन्त्री बन्नु भयो भने उप–प्रधानमन्त्री कसलाई बनाउने ?
उही ऋषि धमलालाई । अ¥हाएको काम गर्ने मान्छे हुन् ।

बाटोमा हिँड्दा हजारको नोट आचीमा लट्पटिएको देख्नु भो भने ?
पहिला नाक थुनेर हेर्छु । थोरै लागेको रहेछ भने टिप्छु । धेरै नै लागेको रहेछ भने त टिप्दिनँ ।

अर्काकी श्रीमतीलाई लिएर साताब्यापी चन्द्रमा भ्रमण गर्नुपर्ने प्याकेज तपाईलाई चिट्ठा प¥यो भने ?
यो अलि जटिल कुरा भयो । निकै सोच्छु र अन्तिममा तिनै ऋषि धमलाकी श्रीमतीलाई लैजान्छु । त्यसो भयो भने ऋषि पनि म पछिपछि आउँछन् । त्यहि बेला योजना बनाउछु । म प्रधानमन्त्री भएँ भने के के गर्ने भनेर ।

मार्क जुगरबर्ग नजन्मिएको भए संसार कस्तो हुन्थ्यो होला ?
केटाकेटीको डेटिङ यति सहज हुन्थेन । अर्को कुरो काठमाडौंका आधा क्याफे बन्द हुन्थे ।

कलाकार नभएर पहलमान भएको भए को सँग भिड्नु हुन्थ्यो ?
यदि म पहलमान भएको भए गज्जबको रिङ बनाउन लगाएर राजेश हमालसँग भिड्थेँ र जित्थेँ पनि ।

कोमल वलीलाई मिल्दो वर को हुनसक्छ ?
राजेश हमाल एक जना थिए । अब बिहे गरिहाले । त्यसकारण कोमल दिदीलाई अब योग्य वर भेट्न गा¥हो छ ।

बाथरुममा नुहाउँदा नुहाउँदै पानी सकियो भने ?
घरमा भएकालाई बोलाउँछु । कसैले सुनेन भने आँखा मिच्दै निस्कन्छु र पानी लगेर नुहाउँछु ।

केटीहरुले सेल्फी खिच्दा किन मुख चुच्चो पारेका होलान् ?
केटीहरुको गाला प्रायः पुक्क हुन्छ । त्यसैले स्लिम देखिनका लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment