Comments Add Comment

वीरगञ्जमा महिन्द्राको इन्स्पेक्शन सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्र


२ चैत, काठमाडौं । अग्नि ग्रुपले वीरगञ्जमा हालै पीडीआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ ।

महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले केन्द्रको चैत १ गते सामुहिक रुपमा  उद्घाटन गरे ।

पीडीआईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडीप्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको बताए ।

अर्जुनप्रसाद शर्माले ग्राहक समक्ष गाडी पुर्‍याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्ने उल्लेख गरे ।

यस सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्त हुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिन आयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने लगायतका कार्यहरु हुने छन् ।

साथै स्पेयर पार्ट आउटलेटबाट यस क्षेत्र तथा वरिपरिका ग्राहकहरुलाई महिन्द्राको गुणस्तरीय पार्टपूर्जाहरु सहज रुपमा उपलब्ध हुने विश्वास लिइएको छ । साथै आगामी दिनमा कम्पनीले वर्क शपको स्थापना गरी ग्राहकवर्गमा सहज सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment