Comments Add Comment

अमिताभको भन्दै शरणार्थीको फोटो भाइरल


बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चनको नयाँ लुक्स कस्तो होला ? धेरैलाई खुल्दुली छ । यसैबिच, सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक भयो, जसमा दुब्लो कायाका एक वृद्धमा अमिताभको झल्को आउँथ्यो ।

हल्ला चल्यो ‘ठग्स अफ हिन्दुस्तान’ का अमिताभ यिनै हुन् । धेरैले पत्याए पनि । केही दिन पहिले अमिताभ बच्चनले ब्लग लेख्दै आफ्नो स्वास्थ्य स्थिति खराब भएको जानकारी दिएका थिए । उनी चलचित्रको सुटिङ गर्दागर्दै ढलेका पनि थिए । त्यसैले कतिपयले अनुमान लगाए कि अमिताभ निकै दुब्लाएछन् ।

अनि त एउटा आँखामा पट्टी बाँधेको र चश्मा लगाएको बृद्ध मान्छेको तस्वीर भाइरल नै भयो । तर, यो तस्वीर अमिताभको होइन । उनी अफगानी शरणार्थी शाबाज हुन् । प्रसिद्ध फोटोग्राफर स्टीव म्याकरीले यो तस्वीर पाकिस्तानमा खिचेका थिए । स्टीवले यो तस्विर २७ जनवरी २०१७ मा इन्टाग्राममा पोस्ट गरेका थिए ।

‘ठग्स अफ हिन्दुस्तान’मा आमिर खान, कट्रिना कैफ, फातिमा सना शेखलगायतका कलाकार छन् भने निर्देशन विजय कृष्णा आचार्यले गरेका छन् । विजय ‘धुम र रावण’का स्त्रिmप्टराइटर हुन् । यो चलचित्र यहि वर्ष नोभेम्बरमा रिलिज हुने भएको छ ।

गएको वर्ष जुलाईमा आमिर खानको यस चलचित्रको लुक्स सार्वजनिक भएको थियो । साथै आमिरले अमिताभ बच्चनसँग काम गर्दा निकै रमाईलो भएको प्रतिक्रिया दिएका थिए । आमिर र अमिताभले सँगै काम गरेको ‘ठग्स अफ हिन्दुस्तान’ पहिलो चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment