Comments Add Comment

धेरै काम गरेको भन्दै साढे ३ लाख जरिवाना


कुनैपनि कामदारले कार्यक्षेत्रमा जति धेरै काम गर्यो उति नै धेरै मालिकको प्यारो हुनुपर्ने हो । तर एकजना कामदार भने आवश्यकता भन्दा बढी काम गर्दा दण्डित भएका छन् ।

घटना फ्रान्सको हो । फ्रान्समा हरेक कामकाजी मानिसले हप्तामा एक दिन विदा लिनै पर्दछ । यदि आफ्नै व्यवसाय छ भने पनि यो नियम लागू हुन्छ ।

यही नियम नमान्दा आफ्नै बेकरी पसल चलाएका सेडरिक भाइव्रेले साढे ३ लाख रुपैयाँ भन्दा धेरै रकम बराबरको जरिवाना तिर्नुपरेको छ ।

राजधानी पेरिसको १२० माइल दक्षिण पूर्वमा पर्ने लेक बेकी क्षेत्रमा उनले बेकरी पसल सञ्चालन गरेका छन् ।

समर सुरु हुनैलाग्दा बेकरीमा डिमान्ड उच्च भएपछि माग पूर्ति गर्नका लागि उनले हप्तामा सातै दिन लगातार काम गरे । तर स्थानीय श्रम कानूनले उनलाई पक्रियो ।

कामदारमाथि शोषण गरेको भन्दै बेकरीहरुविरुद्ध स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत भइरहेको प्रशासनले सेडरिकमाथि ३ हजार युरो जरिवाना गरेको छ ।

आफूमाथि कारवाही हुँदा सेडरिक त चिन्तित छन् नै यसले हरेक बिहान ताजा बेकरी खान पाएका गाउँलेहरु पनि आक्रोशित बनेका छन् ।

उनीहरुले सेडरिकमाथिको कारवाही फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment