Comments Add Comment

छोटो समयमै सर्वसत्तावादको संकेत देखियो : सिटौला

फाइल फोटो

२ चैत, काठमाडौं । नेपाली कांगेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार सर्वसत्तावादी सोचका साथ अघि बढ्न खोजेको संकेत देखिएको बताएका छन् ।

त्यसलाई रोक्न कांग्रेस चट्टनको रुपमा उभिन सक्नुपर्ने उनले बताए ।

शुक्रबार काठमाडौंमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘राज्यका अंगहरुले सन्तुलन गुमाउँदैछन् । छोटो समयमा नै सत्तामा पुग्नेहरुले राज्य व्यवस्था कब्जा गरेर सर्वसत्तावाद लाद्न खोजेको संकेतहरु देखिन थालेका छन् ।’

उनले अघि भने, ‘सर्वसत्तावाद लाद्ने खेल भयो भने हामी चट्टनको रुपमा अभिन सक्नुपर्छ ।’

नेता सिटौलाले आफैंभित्र टुटफुट भएको नभई परिर्वतन हाँक्न कांग्रेस आजको आवश्यकता भएको बताए ।

कांग्रेस नेता गगन थापाले कांग्रेसले हिनताबोध गर्नुपर्ने अवस्था नरहेको बताए ।

गणतन्त्र नेपालको नेतृत्व कांग्रेसले लिएको दावी गर्दै उनले मुलुकको सबै क्षेत्रलाई जोडेर लैजाने कामको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment