Comments Add Comment

मन्त्री र मन्त्रालय टुंगो लगाउन ओली र प्रचण्ड छलफलमा

महन्थ ठाकुरसँग प्रधानमन्त्रीको वार्तापछि राजपा बैठक स्थगित


२ चैत, काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भइरहेको छ । दुई नेताबीचको छलफलपछि मन्त्री र मन्त्रालयको टुंगो लाग्ने एमाले उपमहासचिव बिष्णु पौडेलले जानकारी दिए ।

संघीय समाजवादी फोरम र राजपालाई पनि सरकारमा सहभागी गराइने पौडेलले बताए । तर उनीहरु पनि आजै सामेल हुने नहुने टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीले आजै राजपा अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका छन् । ओली र ठाकुरबीच वार्ता भएका कारण राजपाको बैठक स्थगित भएको छ ।

अपरान्ह चार बजे राष्ट्रपति भवनमा नयाँ मन्त्रीहरुको सपथग्रहण हुँदैछ । एमालेबाट प्रदीप ज्ञवाली र रघुवीर महासेठ मन्त्री बन्ने निश्चित भए पनि अरुको नाम टुंगो नलागेको स्रोतले जनाएको छ । प्रदेश ७ बाट प्रेम आले मन्त्री बन्ने भएका छन् । अरु नाम प्रधानमन्त्रीलेनै तय गर्ने एमाले नेताहरुले बताए ।

यसैबीच संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङले आफू मन्त्री बन्नेबारे आएका हल्ला गलत भएको बताएका छन् । नेम्वाङले आफू भए प्रधानमन्त्रीनै हुने भन्दै मन्त्री खान नजाने बताए । उनले भने ‘म मन्त्री बन्दिन,भए प्रधानमन्त्रीनै हुने हो,अहिले केपी कमरेड हुनुहुन्छ, उहाँलाई पार्टी बसेर सघाउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment