Comments Add Comment

यूएईबाट लगानी भित्र्याउँदै झापालीहरु

१६ मार्च, यूएई । यूएईमा कार्यरत झापालीहरु सामुहिक रुपमा नेपालमा लगानी गरेर उद्यमशील बन्न लागेका छन् ।

लामो समयदेखि जनताले चाहेको स्थिर सरकार देशले पाएसँगै आफ्नै माटोमा कृषि तथा ब्यापारको क्षेत्रमा झापालीहरुले लगानी गर्न थालेका हुन् ।

विदेशको कमाई स्वदेशमा लगानी गरी आफ्नै माटोमा स्वरोजगार बन्दै उज्वल भविष्य निर्माणमा यूएईमा कार्यरत झापालीहरु जुटेको उनीहरुले बताएका छन् ।

प्रवासी झापाली  एग्रो फार्म प्रा.लि

यहाँ कार्यरत झापालीहरुको एक समुहले प्रवासी झापाली एग्रो फार्म (पिजेएएफ) शुरु गरेका छन् । झापाको गौरादहमा तत्काल ३ बिघा जग्गाबाट शुरु गरिएको यो फार्मको गोठ निर्माणकार्य आगामी महिनाबाट सुचारु हुने फार्मका नवनियुक्त प्रोजेक्ट कोअरडिनेटर सुमन भट्टराईले जानकारी दिएका छन् ।

युवापुस्ताले कृषि पेसालाई हेला गरिरहेको बेला बिदेशमा रहेका युवाहरु भने कृषिमा राम्रो सम्भावना रहेको भन्दै लगानीका लागि अगाडि बडेको लगानीकर्ताहरुले बताएका छन् ।

झापाको गौरादह नगरपालिका वार्ड नं ४ मा संचालन हुदै गरेको यो फार्मको मुख्य उदेश्य बाख्रा, कुखुरा, खरायोपालन रहेको बताइएको छ । करिब एक करोड रुपैयाँको चुक्ता पुजी रहेको यो फार्ममा ३४ जना झापालीहरुको लगानी छ ।

गाउँबाट सहर बसाई सराईसँगै सयौ बिघा जग्गा बाझै हुदा यतिवेला स्वेदेशी उत्पादनभन्दा बिदेशी उत्पादनमा परनिर्भर रहनुपर्ने अबस्थामा यस फार्मबाट उत्पादित सामग्रीले आन्तरिक माग धान्ने लक्ष्य राखेको छ ।

मासु तथा दुग्ध पदार्थको उपभोग बढिरहेको बेला छिमेकी मुलुकबाट आयात गर्नु परिरहेको यो क्षेत्रको लगानी गरी स्वदेशमै उत्पादन गर्न सके देशको पैसा बाहिरिन नपाउने साथै रोजगारीको सिर्जना हुने पिजेएफका अध्यक्ष रोहित भण्डारीले बताएका छन् ।

सुरुवाती चरणमा बाख्रापालनको योजना रहे पनि दिर्घकालीन लक्ष्य मिट्सप, रेस्टुरेन्ट , फास्टफुड,रिटाएल साथै रिसोर्ट संचालन गर्ने सम्मको योजना यो फार्मको रहेको छ ।

ड्रिम फ्युजन प्रा.लि 

लामो समयदेखि युएईमा रोजगारी गरिरहेका अर्को एक झापालीहरुको समुहले कम्पनी रजिस्ट्रारको कार्यालयमा ड्रिम फ्युजन प्रालि दर्ता गरि झापामा एक मिनि मार्केटको तयारी तिव्र पारेका छन् ।

विगत २ वर्षअघि देखि झापाली एकता बचत समुहको नाममा हरेक महिना सय/दुईसय बचत गर्दै यो समुह मिनिमार्केट संचालन गर्ने अवस्थामा आएको हो ।

स्वदेशमै लगानी गर्ने उदेश्यले स्थापित यो कम्पनीको उदेश्य मार्केटिङ रहेको छ । मिनिमार्टबाट सुरुवात गरी सुपर मार्केट, हाईपर मार्केट हुदै मल सम्मको योजना रहेको ड्रिम फ्युजनका अध्यक्ष अशोक चापागाईले बताएका छन् ।

वैदेशिक रोजगारीबाट नेपाल फर्केपछि के गर्ने भनेर धेरै व्याक्तिहरु अलमल पर्छन र विकल्प नभेटेपछि फ़ेरि बिदेस फर्किन विवश हुन्छन् ।  त्यसैले स्वदेश  फर्केपछी रोजगारी खोज्नु नपरोस र आफ्नै व्याबसायमा लाग्ने बातावरण होस भन्ने नै कम्पनीको उदेश्य रहेको संचालक सदस्य मातृका लम्सालले बताए ।

अठार जनाको बराबर सेयर रहेको यो कम्पनीले पचास लाख लगानीबाट सुरुवात गर्दै छ ।

प्रवासी लगानी तथा बचत कोष 

झट्ट सुन्दा कम्पनी जस्तो नलागे पनि चाडै कम्पनीमा रुपान्तरित हुदै गरेको झापालीहरुको अर्को समुह प्रवासी लगानी तथा बचत कोष हो ।

करिब दुई वर्षअगाडि  ११ जना सदस्यबाट सुरुवात भएको र अहिले २७ सदस्य रहेको साथै ३१ जना सम्म संस्थापक सदस्य रहने अबुधाबीमा सक्रिय यस  समुहको सुरुवातीमा एक करोडको लगानी रहने कोषका कोषाध्यक्ष शेसराज न्यौपानेले जानकारी दिएका छन् ।

हरेक महिना सय दिराम बचत गर्ने र सारोगार्हो पर्दा त्यै रकम चलाउने उदेस्यले स्थापना भएता पनि बदलिदो समयसँगै लक्ष्य र योजना बदलदै स्वेदशमै उत्पादन एवं बजार क्षेत्रमा लगानी गरी भबिस्यमा रोजगारीका लागि  भौतारिनु नपरोस भनेर कम्पनीको रुपमा स्थापना हुदै गरेको यसको मुख्य लक्ष्य फनपार्क, मिनिरल वाटर सप्लाई एवं टेक्सटाईल जस्ता क्षेत्रमा लगानी गर्ने कोषका अध्यक्ष नरेश लामिछाने बताएका छन् ।

दुबईमा सुरक्षित, फुजेरामा उर्जा

यसैबीच दुबईमा झापालीहरुको एक समूहले बिगत  २०१५ देखि नै सुरक्षित बचत कोष नाममा मासिक रुपमा १ सय दिराम बचत गरिरहेका छन् । आपसी रिन लेनदेन गर्न सहज होस भनी संचालित यस समुहमा अहिलेसम्म करिब नेपाली दस लाख भन्दा धेरै रकम जम्मा भएको बचतकर्ता मुना बुढाथोकीले बताइन् ।

यसैबीच  युएईको उत्तरी राज्य फुजेरामा रहेका २० जना झापालीहरुको एक समुहले उर्जा बचत तथा सहकार्य समुहको नाममा मासिक रुपमा १ सय दिराम जम्मा गर्न लागेका छन् ।

झापाली समाजको सामाजिक अभियानमा भाग लिने सिलसिलामा उक्त समुह आपसी हित तथा गर्जो टार्न गठन भए पनि भबिस्यमा उक्त रकम नेपालमै उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सोच रहेको समुहका संयोजक काशीनाथ कार्कीले जानकारी दिएका छन् ।

सेतु बन्यो झापाली समाज 

यूएईमा रहेका झापालीहरुको  सामाजिक संस्था झापाली समाज युएई नै यी सबै समुहहरु स्थापनाको कारक संस्था हो ।

सामाजिक गतिविधिमा भाग लिदा एकआपसमा बढदै गएको चिनजान, एकता, सहयोग र सहकार्यले सामाजिकका साथै ब्यावसायिक रूपमा यस्ता समुहहरु स्थापना हुँदै आएको सबैले स्वीकार गरेका छन् ।

२०१५ मा स्थापना भएको झापाली समाजले यस अबधिसम्ममा धेरै सामाजिक सेवामूलक कामहरु गर्दै आएको छ ।

धेरै झापालीहरुलाई एक आपसमा चिनजान हुने अबसर जुराएको छ । माथि  उल्लेखित सबै कम्पनी वा समूह स्थापना हुनुमा झापाली समाजको देन छ ।

समाज र ब्यावसाय फरकफरक उदेश्यले संचालित समुह रहेको प्रष्ट पार्दै उर्जा बचत तथा सहकार्य  समुह फुजेराका सदस्य खगेन्द्र कटवाल भन्छन्, “झापाली समाजले नि:स्वार्थ रुपमा सेवामूलक काम गर्छ, भने बित्तिय सस्थासँग प्रत्यक्ष सरकोर भने समाजले राख्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment