Comments Add Comment

के मधुमेह भएका पुरुषमा प्रजनन क्षमता हँदैन ?

जसरी कुनै महिलामा आमा बन्ने तीव्र चाहना हुन्छ त्यसरी नै पुरुषमा पनि बाबु हुने आकांक्षा प्रबल हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा हरेक पुरुषको चाहनामा आफ्नो रगत भएको सन्तान होस् भन्ने हुन्छ । यद्यपि कतिपय हामीकहाँ त्यस्ता थुप्रै दम्पती छन् जो सन्तान सुखबाट वञ्चित छन् । हाम्रो समाजले सन्तान नभएपछि सम्पूर्ण दोष महिलाकै टाउकोमा थोपर्छ जब कि यसमा पुरुष पनि उत्तिकै दोषभागी हुनसक्छन् । पुरुषहरूको सन्तान जन्माउनसक्ने क्षमतामा प्रभाव पार्ने थुप्रै कुराहरू हुन्छन् जसमध्ये मोटोपन, जेनेटिक डिसअर्डर, मद्यपान आदि प्रमुख मानिन्छन् । जीवनशैली राम्रो नहुनु पनि नपुंसकता वा कमजोर प्रजनन क्षमताको कारण बन्नसक्छ । खराब जीवनशैलीकै कारण लाग्नसक्ने मधुमेह वा डायबिटिजलाई पनि नपुंसकताको जड मानिन्छ ।

साइलेन्ट किलर पनि भनिने यो रोगले शरीरलाई भित्रैदेखि खोक्रो तुल्याउँछ र शरीरलाई अनेकौं रोगको घर बनाउन थाल्छ । हिजोआज अप्राकृतिक जीवनशैली अपनाएकै कारण थुप्रै युवा मधुमेहको सिकार हुनपुगेका छन् । यसबाट जोगिन केही कुरामा ध्यान दिनु आवश्यक छ ।

स्वस्थ खानपानः मधुमेहबाट ग्रसित व्यक्तिले स्वस्थकर भोजन ग्रहण गर्ने हो भने धेरै हदसम्म लाभ प्राप्त हुन्छ । स्वस्थ खानपानका कारण स्पर्म काउन्ट वृद्धि हुन्छ र प्रजनन अक्षमता हट्छ । स्वस्थकर भोजनको योजना बनाएर प्रेग्नेन्सी प्लान बनाउन सकिन्छ ।

उच्च तापक्रमबाट सुरक्ष ः मधुमेहबाट पीडित पुरुषले उच्च तापक्रमबाट जोगिनुपर्छ, उच्च तापक्रमका कारण स्पर्म क्वालिटीमा असर पुग्छ । बढी तापका कारण वीर्यको मात्रा तथा माइटोकोन्डि्रया हानिप्रति पनि प्रभाव पर्छ । तसर्थ उच्च तापबाट जोगिन सावधान हुनुपर्छ । यसका साथै बढी गर्मी एवं बढी चिसोमा समेत लगातार रहँदा प्रजनन क्षमतामा र्‍हास आउँछ ।

उचित परामर्शः मधुमेहका कारण पुरुषको लिबिडोमा कमी आउँछ फलतः उनीहरूलाई प्राप्त हुने उचित परामर्श एवं भावनात्मक सहयोगले प्रजनन क्षमता बढाउन सहयोग गर्छ । यसका लागि पार्टनर वा परामर्शदाताको सहयोग लिन सकिन्छ ।

थकान भगाउनुः मधुमेहग्रसित पुरुषहरूलाई प्रायः थकानले सताइरहन्छ । यस्तो थकान हटाउनु हटाउनु आवश्यक हुन्छ । यौनक्रियामा संलग्न हुनुअघि पुरुषले थकानरहित हुनु आवश्यक छ, यसो हुँदा श्रीमतीलाई गभएवती बनाउन सफल भइन्छ ।

हार्मोन  सन्तुलित बनाउनुः प्यांक्रियाजबाट इन्सुलिन नामक हर्मोन निस्कन्छ । मधुमेह भएका पुरुषको शरीरमा इन्सुलिनको मात्रा असन्तुलित हुन्छ र यसबाट प्रजनन क्षमतामा नकारात्मक असर पुग्छ । यसका लागि चिकित्सकसँग परामर्श लिएर हार्मोन सन्तुलित बनाउनु जरुरी हुन्छ ।

व्यायामः मधुमेहबाट ग्रसित पुरुषलाई बाबु हुने रहर भए उसले नियमित व्यायाम गर्नु आवश्यक छ । नियमित रूपले व्यायाम गर्दा प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

मेडिकल सपोर्टः मधुमेह छ भने पुरुषले मेडिकल सपोर्ट लिएर राम्रोसँग उपचार गराउनु आवश्यक हुन्छ । साथै चिकित्सकको सल्लाहअनुसार नियमित फलोअप चेकअप गराउनु तथा समयमा औषधि सेवन गर्नुपर्छ ।

एन्टी अक्सिडेन्टयुक्त भोजनः मधुमेहग्रस्त पुरुषले एन्टी अक्सिडेन्टयुक्त भोजन मात्र लिनुपर्छ । यसबाट उसको शरीरमा शक्ति आउँछ र प्रजनन क्षमता वृद्धि हुन्छ ।

पार्टनरसँग समझदारीः मधुमेह भएका पुरुषले श्रीमतीसँग खुलेर कुरा गर्नु तथा समझदारी विकास गर्नु अत्यावश्यक हुन्छ । यसो गर्दा यौनक्रियाका बखत आउनसक्ने समस्याको समाधान सहज रूपले हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment