Comments Add Comment

‘शत्रु गते’ जापान पनि प्रदर्शन हुने

टोकियो । गीतसंगीत/ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ँशत्रु गते’को जापानमा पि्रमियर शो हुने भएको छ । बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई ए-वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको हो ।

चलचित्र आगामी अपि्रल ८ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने ए-वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले बताए ।

चलचित्रको पि्रमियर शोका लागि नायक पल शाह र निर्माता एवं कलाकार किरण केसी जापान आउने लामाले अनलाइनखबरलाई बताए । उनले भने, ‘नायक पल शाह र किरण केसी दाईको भिषा प्रक्रियाको काम भइरहेको छ ।’

चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने निर्देशक लामाले बताए ।

कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमाएका छन् ।

चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, पि्रयंका कार्कीको मुख्य अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।

चलचित्र नेपालमा यही चैत्र ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment