Comments Add Comment

निःशुल्क स्वास्थ्य परीक्षण

साउदी अरब । नेपाली दूताबास रियादले एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर गरेको छ । साउदीमा रहेका नेपालीहरूको स्वास्थ्य प्रति संवेशनशील हुँदै दुताबासले अरबको पूर्बी क्षेत्र जुबेलस्थित एस.ओ.एस कम्पनीको सभाहलमा अन्तरक्रिया कार्यक्रमसहित स्वास्थ्य शिविर राखेको थियो ।

शिविरमा एस.ओ.एस कम्पनीमा कार्यरत  करिब एक सय नेपालीको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षणका लागि बदर अल खलिज हस्पिटलका चिकित्सक ल्याइएकमो थियो । चिकित्सकका अनुसार त्यहाँ कार्यरत धेरै नेपालीमा मधुमेह (सुगर) को समस्या देखिएको छ ।

अन्तरकृया कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदुत प्रो.डा. महेन्द्र सिंह राजपुत पनि उपस्थित थिए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा श्रमिकले समस्याहरू जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment