Comments Add Comment

थ्रीस्टारले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

३ चैत, बुटवल । २० औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

देवीनगरस्थित एन्फा मैदानमा शनिबार भएको फाइनल खेलमा चार पटकको विजेता विभागिय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्रीस्टार च्याम्पियन बनेको हो ।

खेलको पहिलो हाफ बगोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्रीस्टार हावी भयो । ६६ औं मिनेटमा बिमल घर्ती मगरको पासलाई बचाउन खोज्दा नेपाल पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्न पुगे ।

खेलको ७९ औं मिनेटमा सुनिल बलको कर्नर बमा निराजन खड्काले हेड गोल गरे ।

उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ भने उपविजेताले पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment