Comments Add Comment

गणेश लामाको पक्षमा कांग्रेसको जुलुस

३ चैत, काभ्रे । हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ ।

कांग्रेसले गोदाम चोकबाट जुलुस निस्किएको थियो । प्रहरीले जुलसलाई रोक्न खोन्दा झडप भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ ।

झडपका क्रममा कांग्रेस क्षेत्रिय सभापति रमेशप्रसाद हुमागार्इसहित १ दर्जन कार्यकर्ता घाइते भएका छन् भने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।

राजनीतिक रुपमा सरकारले गणेश लामालार्इ फसाउन खोजेको कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले दाबी गरे ।

बुधबार राति गौशलास्थित होटल पशुपति भिजनमा गोली चलेको थियो, त्यही क्रममा लामा हतियारसहित पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली समेत बरामद भएको थियो ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ ।

कांग्रेस काभ्रेले भने लामालाई विना शर्त रिहा गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment