Comments Add Comment

इजलासमै उभिइरहेका मानिसलाई न्यायाधीशले भने- तिमी मरिसक्यौ

‘प्रमाण’ अदालती फैसलाका लागि सबैभन्दा महत्वपूर्ण आधार हो । कुनै पनि तर्क वा माग दावीमा प्रमाण पुगे/नपुगेको हेरेरै न्यायाधीशले फैसला दिन्छन् ।

तर, न्यायाधीशकै अगाडी उभिएका मानिसलाई अदालतले ज्यूँदो मान्न तयार भएन भने ?

रोमानियामा यस्तै भएको छ ।

त्यहाँको एक अदालतले सम्वन्धित मानिस आफैं इजलासमा हुँदा पनि मृत्यु भएको प्रमाणित गरेको छ ।

बार्लाड नामक सहरका कोन्स्टान्टिन रेल्यू सन् १९९२ मा जागिरको खोजीमा टर्की गएका थिए । अन्तिम पटक १९९९ मा घर आएका उनी त्यपछि फर्किएनन् ।

टर्कीमा भूकम्प गयो, जसमा रेल्यूको पनि मृत्यु भएको अनुमान घर परिवारले गरे । रेल्यूकी पत्नीले निवेदन दिएपछि रेल्यूको मृत्यु भएको प्रमाण दिइयो ।

तर, रेल्यू जिवितै थिए । उनी गत जनवरीमा रोमानिया पुगे । तर, उनलाई अध्यागमन कर्मचारीले पक्राउ गरे ।

उनलाई २००३ मै मृत्यु भइसकेको जानकारी गराइयो । उनको मृत्युसम्बन्धी प्रमाण सन् २०१६ मा जारी भएको थियो ।

उनले आफ्नो मृत्युको प्रमाण रद्द गर्न निवेदन दिए । उनले इजलासमै उपस्थित भएर आफू जीवित रहेको बताए ।

तर, न्यायाधीशले उनको कुरा सुनेनन् र रेल्यूको मृत्यु भएको प्रमाणपत्र रद्द नहुने फैसला सुनाए ।

अदालतकी प्रवक्ताले भने मृत्युको प्रमाणपत्र रद्ध गर्ने म्याद गुजि्रसकेकाले रेल्यूले मुद्दा हारेको बताइन् ।

यो फैसला अन्तिम हो जसमा पुनरावेदन पनि हुन सक्दैन ।

६३ वर्षका उनी अब न त जागिर खान सक्छन् न सरकारले दिने कुनै लाभ लिन पाउँछन् । उनले परिवारसँग सम्पर्क पनि गुमाएका छन्, किनकी उनीहरु अन्तै गइसके ।

‘म जिउँदै छु, तर आधिकारिक रुपमा म मरिसकेँ’ रेल्यूले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment