Comments Add Comment

रुसको जवाफी कारबाहीः २३ बेलायती कूटनीतिज्ञ देश निकाला

३ चैत, काठमाडौं । रुसले २३ बेलायती कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । बेलायतले आफ्ना २३ कूटनीतिकलाई निस्कासित गरेपछि रुसले त्यसको जवाफ दिएको हो ।

रुसको विदेश मन्त्रालयका अनुसार उनीहरुले एक साताभित्र मस्को छाड्नु पर्नेछ । साथै रसियामा रहेको बि्रटिस काउन्सिल र सेन्ट पिटरबर्गमा रहेको महाबाणिज्य दूताबास पनि बन्द हुनेछ ।

रुसका पूर्व जासुस र उनका छोरीमाथि आक्रमण भएपछि रुस-बेलायत सम्वन्ध तनावूर्ण बनेको छ । उनीहरु बेहोस अवस्थामा भेटिएका थिए र दुबैको अवस्था गम्भीर छ ।

उनीहरुमाथि रुस सरकारको योजनामा आक्रमण भएको बेलायतको आरोप छ । र, त्यही दाबीसहित बेलायतले ४ मार्चमा २३ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment