Comments Add Comment

अन्तिम खेलमा नेदरल्याण्ड्ससँग हार्‍यो नेपाल

३ चैत, काठमाडौं । ब्याटिङ लाइनअफ फेरि एक पटक असफल हुँदा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ ।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमा पुरानै समस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो ।

१९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवात राम्रो रहेन । ओपनर ज्ञानेन्द्र मल्ल मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ११ रन थियो । थप २२ रन जोड्दा अर्का ओपनर अनिलकुमार साह पनि ८ रनमा आउट हुन पुगे ।

तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का २२ रनमा आउट भए,जतिबेला नेपालले ५१ रन बनाएको थियो । थप ९ रन जोड्दा आरिफ शेख ५ रमा आउट भए भने रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी २५ रनमा पभेलियन फर्किए ।

सातौं विकेटका रुपमा शक्ति गौचन आउट हुँदा नेपालको स्कोर ७६ रन मात्र थियो । सोमपाल कामी र करण केसीले सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे ।

तर, करण १३ रामा आउट हुन पुगे । राम्रो पारी खेल्ने प्रयासमा रहेका सोमपाल कामी नवौं विकेटका रुपमा ३६ रन बनाएर पभेलियन फर्किए ।

यसअघि टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो । उसको पनि सुरुवात राम्रो थिएन र ८७ रन जोड्दा ५ विकेट गुमाइसकको थियो तर, पछिल्ला क्रममा ब्याट्सम्यानले सम्हालिएर खेले ।

छैटौं विकेटका लागि बास डि लिड र इडवाड्सले ४४ रनको साझेदारी गरे । इडवार्ड २५ र लिड ३६ रनमा आउट भए । तर, नवौं विकेटका लागि पिटर सिलर र शेन स्नाटरले नवौं विकेटका लागि ३७ रनको साझेदारी गरे । दुबैले समान २५/२५ रन बनाए ।

नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २-२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment