Comments Add Comment

म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा

४ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा पुगेका छन् । ब्राइटनलाई २-० ले हराउँदै म्यानचेष्टर युनाइटेड र स्वान्सी सिटीलाई ३-० ले हराउँदै टोटनहृयाम सेमिफाइलनमा पुगेका हुन् ।

म्यानचेस्टर युनाइटेडलाई जिताउन रामेलु लुकाकु र म्याटिकले एक-एक गोल गरे ।

च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेस्टर युनाइटेडले जारी सिजनको एफए कपमा ११ औं खेल खेल्दासम्म एक गोल पनि खाएको छैन ।

टोटनहृयामको जितमा एरिक्सनले दुई तथा लामेलाले एक गोल गरेका छन् । एरिक्सनले ११ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । एरिक्सनले ६२ औं मिनेटमा पनि व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा लामेलाले गोल गरेका थिए ।

टोटनह्यामले सन् २००८ मा लिग कपको उपाधि जिते पनि त्यसपछि कुनै पनि उपाधि जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment