Comments Add Comment

५-० ले विजयी हुँदै लिभरपुल तेस्रो स्थानमा, सालहले गरे ४ गोल

४ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५-० ले हरायो ।

लिभरपुलको जितमा मोहमद सालहले चार गोल गरे । एक गोल रोबर्टो फिरमिनोले गरे ।

चौथो मिनेटमा नै सालहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । त्यसपछि सालहले ४३, ७७ र ८५ औं मिनेटमा थप तीन गोल गरे । फिरमिनोले ४९ औं मिनेटमा एक गोल गरेका थिए ।

प्रिमियर लिगको यो सिजन २५ गोल गरिसकेका सालहले गरेको यो पहिलो ह्याट्रिक हो । यो जितपछि लिभरपुलको ३१ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ८१ अंकसहित पहिलो, म्यानचेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा छन् ।

पि्रमियर लिगअन्तर्गत शनिबार राति नै भएका अरु खेलमा एभर्टन, बोर्नमाउथ र क्रिष्टल प्यालेस विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment