Comments Add Comment

पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै


४ चैत, काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ ।

उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो ।

निर्वाचन आयोगले पुनविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज गर्न लागिएको जानकारी दिएको छ ।

अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत भएका थिए । पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएकाे थियाे ।

राष्ट्रपतिमा भने यसअघि नै विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment