Comments Add Comment

२९ वर्षपछि माधुरीको गीतमा ज्याकलिन


मुम्बई । ज्याकलिन फर्नाडिसले हिन्दी चलचित्र ‘बागी–२’ मा माधुरी दीक्षितको लोकप्रिय गीत ‘एक दो तीन…’मा नृत्य गरेकी छन् ।

नृत्यमा ज्याकलिनको गेटअप माधुरीको जस्तै बनाइएको छ । ज्याकलिन निकै बोल्ड देखिएकी छन् । गीतको कोरियोग्राफी गणेश आचार्य र अहमद खानले गरेका छन् ।

ज्याकलिनले पहिला पनि भनेकी थिइन्,‘माधुरी जस्तै हुन कोही पनि सक्दैन । म आफूलाई भाग्यमानी ठान्छु । गणेश आचार्य, अहमद खान र साजिद नाडियादपालासँग काम गर्न पाएँ ।’

हिन्दी चलचित्र ‘तेजाव’ (१९८८) मा राखिएको एक दो तीन… बोलको गीतमा माधुरीले नृत्य गरेकी थिइन् । उक्त गीतको सुटिङ गर्न मात्रै ७ दिन लागेको थियो । यही गीतवाट गायिका अलका याग्निकले बेष्ट फिमेल प्लेब्याक सिंगरको अवार्ड पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment