Comments Add Comment

टोपबहादुरलाई घर फर्काउन जुट्दै छन् यूएईका नेपालीहरु

१८ मार्च, यूएई । १ लाख दिराम (करिब २८ लाख रुपैयाँ) ब्लडमनि तिर्न नसकी समस्यामा परेका खैरेनी चितवनका टोपबहादुर बिकलाई यूएईका नेपाली संघसंस्था मिलेर सहयोग संकलन अभियान शुरु गरेका छन् ।

एनआरएन यूएईको संयोजकत्वमा मार्च १६ देखि औपचारिक रूपमा सहयोग संकलन अभियान शुरु गरिएको हो ।

अभियान शुरु भएलगत्तै यूएईका सकृय सामाजिक संस्थाहरुले सहयोग गर्ने प्रतिबद्धतासहित न्युनतम रकम घोषणा गरेका छन् ।

आगामी अप्रिल १३ सम्म चलाइने यो अभियानमा जिम्मेवार सामाजिक, जातीय, क्षेत्रीय, पेशागत संस्थाहरुले सहयोगको प्रतिबद्धता गर्ने क्रम जारी रहेको छ ।

यो समाचार तयार पार्दासम्म करिब ५० प्रतिशत रकमको प्रतिबद्धता आएको एनआरएन यूएईका महासचिव कृष्ण पौडेलले जानकारी गराएका छन् ।

बोर्डले बेवास्ता गरेपछि एकजुट भए यूएईका नेपालीहरु

नेपाली दूतावास अबुधाबीको समन्वयमा नेपाल सरकार, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई बिकको ब्लडमनि तिर्नका लागि पत्र पठाउदा बोर्डले ब्लडमनि तिर्ने व्यवस्था नभएको भन्ने आशयको प्रतिउत्तर पठाए पछि युएईका नेपालीहरु चन्दा संकलन गरेरै भए पनि बिकलाई नेपाल फर्काउन पहल गरिरहेका छन् ।

यस अभियानमा हालसम्म करिब २२ जति सामाजिक संस्थाहरुले सहयोगको प्रतिबद्धता जनाइसकेका छन् भने अझै ५० जति संस्थाहरुबाट सहयोगको प्रतिबद्धता आउन बाकी छ ।

सबैभन्दा पहिला यस अभियानमा एनआरएन आईसीसीले १० हजार दिराम (करिब २ लाख ८० हजार रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता गरिसकेको थियो भने अनिश खालिङ राई प्रतिस्ठानले १७ हजार ८ सय दिराम बराबर पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।

जुटदैछ्न यूएईका नेपाली संघसंस्थाहरु

टोपबहादुरको घरफिर्तीका लागि आवश्यक रकम जम्मा गर्न यूएईका सामाजिक संस्थाहरु एकजुट हुँदै गएका छन् ।

मार्च १६ शुक्रबार दुबईमा बसेको संयुक्त बैठकमा विभिन्न सामाजिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु भेला भएर सहयोग गर्ने न्युनतम रकमको प्रतिबद्धता गरेका छन् ।

प्राप्त सूचना अनुसार एनआरएन युएईले ५ हजार दिरामको अग्रिम प्रतिबद्धता गरेको छ भने प्रबासी नेपाली मन्च यूएईले २ हजार दिरामको प्रतिबद्धता जनाएको छ ।

विस्वकर्मा समाज युएईले पनि २ हजार दिरामको अग्रिम प्रतिबद्धता गरेको छ । यसरी नै जनसम्पर्क समिती युएईले न्युनतम १ हजार ५ सय दिराम र जनप्रगतिशिल मन्च युएईले १ हजार दिराम संकलन गर्ने अग्रिम वाचा गरेको छ ।

एक हजार दिराम बोल्नेको संख्या धेरै

बिकको जरिवाना तिर्नका लागि न्युनतम १ हजार दिराम अर्थात् करिब २८ हजार रुपैया सहयोग गर्ने संस्थाहरु धेरै देखिएका छन् । यसरी सहयोग जुटाउन तयार संस्थाहरुमा

प्रवासी नेपाली एकता समाज यूएई

नेपाली एकता समाज यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाल बिस्व सहयोग संघ यूएई, इनास यूएई, एभरेस्ट मार्शल आर्ट्स यूएई, गोर्खा सेवा समाज यूएई, लमजुङ सम्पर्क समिति यूएई, स्याङ्जा सहयोग समाज यूएई, चितवन समाज यूएई रहेका छन् ।

यसैबीच यूएईमा नेपालको संघीय संरचना अनुरुप नवगठित प्रदेश-३ एकता समाज यूएईले ५ हजार दिराम सहयोग संकलन गर्ने प्रतिबद्धता गरेको छ ।

यश समाजमा धादिङ समाज यूएई, चितवन समाज यूएई, सिन्धुपाल्चोक सेवा समाज यूएई, काभ्रे सेवा समाज यूएई, दोलखाली समाज यूएई, मकवानपुर सेवा समाज यूएई र त्रिशुली समाज (नुवाकोट) यूएई आबद्ध छन् ।

यसरी नै कास्की आदर्श समाज यूएईले न्युनतम ५ सय दिरामको प्रतिबद्धता जाहेर गरेको छ भने व्याकिगत रुपमा किशोर घिमिरेले ५ सय दिरामको प्रतिबद्धता गरेका छन् ।

यसैबीच नेपाली सहयोगी हातहरु र नेवा पुच यूएईले पनि सहयोग संकलन अभियानमा साथ दिने प्रतिबद्धता गरेका छन् ।

यसरी नै नेपाली आदिवासी जनजाती महासंघ यूएई शाखा र त्यस अन्तर्गत ११ वटा जातीय संस्थाहरुले पनि सहयोग अभियानमा साथ दिने प्रतिबद्धता महासंघका पुर्वअध्यक्ष डिआर गुरुङले बताएका छन् ।

नेपालका विभिन्न बैंक र एक्सचेञ्ज कम्पनीमा कार्यरत नेपाली युवाहरु मिलेर युएईमा रेमिट्यान्स सरोकार समुहको नाममा ५ सय दिराम यस अभियानमा सहयोग गर्ने सेन्चुरी रेमिटका नवीन पौडेलले जानकारी दिएका छन् ।

झापाली समाजमा आबद्ध सदस्यहरुले मानवीय सहयोग अभियानमा झापाली समाज युएईको एक्यवद्धता रहने भन्दै केन्द्रीय सदस्य भीष्म भट्टराईले आन्तरिक रुपमा सहयोग संकलन गर्ने जानकारी दिएका छन् ।
यसका लागि केन्द्रीय सचिब जगत लुइँटेलले सबै क्षेत्रीय समितिका जिम्मेवार सदस्यहरुबिच समन्वय गरिरहेको जानकारी प्राप्त भएको छ ।

यसैबीच यस अभियानमा पाल्पाली समाज यूएईले पनि साथ दिने प्रतिबद्धता अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिएका छन् ।

किन मौन युएईका नेपाली सामाजिक र ब्यावसायिक संस्थाहरु ?

यूएईको नेपाली सामाजिक परिवेशमा हाल्सम्मकै सबैभन्दा ठूलो र जटिल समस्यामध्ये एक मुद्दामा हातेमालो गर्न केही सामाजिक र सफल ब्यावसायीहरुले मौनता साधेका छन् ।

यूएईमा क्रियाशील करिब ७० जति संघसंस्था र नेपाली ब्यावसायीहरुलाई पत्र लेख्नुका अतिरिक्त फोन सम्पर्क समेत गरे पनि सहयोगको कुनै प्रतिबद्धता नआएकोले आफू अचम्मित भएको र सामाजिक संस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन् ।

तर, समयसिमा १ महिनासम्म रहेका कारण बिपदमा परेका बिकको घर फिर्ने वातावरण मिलाउन यूएईका सबै नेपालीहरुलाई उद्दार समितिले सहयोग अभियानमा साथ दिनका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment