Comments Add Comment

रुसमा राष्ट्रपति निर्वाचन, सर्वेक्षण भन्छ– पुटिनकै जित सुनिश्चित

४ चैत, काठमाडौं । रूसमा राष्ट्रपति निर्वाचन भएको छ । राष्ट्रपतिमा भ्लादिमिर पुटिन नै निर्वाचित हुने निश्चित छ । निर्वाचनमा पुटिनबाहेक सात अन्य उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

निर्वाचनअघि गरिएको प्री भोटिङमा पुटिनको जित पक्का छ । ७० प्रतिशत भोटसहित पुटिनको पुनः सत्तारोहण हुने सर्भेले देखाएको छ ।

यो निर्वाचनमा पुटिनले जिते राष्ट्रपतिमा उनको चौथो कार्यकाल हुनेछ । सन् १९९९ मा आफ्ना गुरु बोरिस यल्तसिन पदबाट हटेपछि पुटिन कार्यकारी राष्ट्रपति बनेका थिए । यद्यपि एक वर्षपछि नै उनले पहिलो पटक राष्ट्रपति पदका लागि चुनाव लडे र ५३ प्रतिशत भोट ल्याउँदै चुनाव जिते ।

जोसेफ स्टालिनपछि पुटिन नै हुन् रुसमा सबैभन्दा लामो समयसम्म राज गर्ने नेता । उनी रुसमा सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।

भारतबाट पनि भोटिङ

यस निर्वाचनमा पुटिन पार्टी छाडेर स्वतन्त्र रुपमा चुनाव लडेका छन् ।

रुसी राष्ट्रपति चुनावका लागि भारतको हिमाञ्चल प्रदेशमा पनि भोटिङ गरिएको छ । शिमलामा रहेका रुसी नागरिकहरुले आफ्नो देशका राष्ट्रपति निर्वाचनमा भोट हालेका छन् । त्यसका लागि हिमाञ्चल प्रदेशमा बुथ निर्माण गरिएको थियो ।

यो बुथ कुल्लू जिल्लाको नग्गरमा रहेको अन्तर्राष्ट्रिय रौरिक आर्ट ग्यालरीमा कार्यरत रुसी नागरिकका लागि बनाइएको हो । यसअघि रुसी दूतावासले दिल्लीमा मतदान प्रक्रिया पूरा गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment