Comments Add Comment

फोहर व्यवस्थापन गर्न सर्वेक्षण


४ चैत, बनियानी, झापा । फोहरमैलाको दिगो व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा सर्वेक्षण शुरु गरिएको छ ।

नगरमा उत्पादित फोहरको दिगो व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वेक्षण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । वातावरण संरक्षण मञ्च नामक संस्थाले नगर क्षेत्रमा उत्पादित फोहरको तथ्यांक संकलन गरिरहेको नगरपालिकाले जनाएको छ ।

वातावरण मञ्चका अध्यक्ष हैकम घिसिङका अनुसार वातावरण विज्ञान अध्ययन गरिरहेका १२ जना विद्यार्थी तथ्यांक संकलनमा खटिएका छन् ।

“बिर्तामोडको वडा नम्बर ४ र ५ का १०० घर छनोट गरेर दैनिक उत्पादित फोहरबाट अध्ययन भइरहेको छ”, उनले भने, “विद्यार्थीले हरेक दिन बिहान घरको फोहरलाई संकलन गर्ने गरेका छन् ।” सातवटा समूहमा विभाजित सर्वेक्षण टोलीले कुहिने र नकुहिने फोहरको वर्गीकरणसमेत गर्ने गरेका छन् ।

एकसयवटा घर, ३० वटा व्यापारिक प्रतिष्ठान र २० वटा संघसंस्थाबाट फोहर संकलन गरेको १४ हप्ता पूरा भएको मन्चका अध्यक्ष घिसिङले बताउनुभयो । सर्वेक्षकले नकुहिने फोहरको व्यवस्थापनमा चुनौती रहेको जनाएका छन् ।

कुहिने फोहरलाई उत्पादकले नै व्यवस्थापन गर्न सक्ने अवस्था रहेको मञ्चका अध्यक्ष घिसिङको भनाइ छ । विर्तामोड बजारमा दैनिक छ ट्र्याक्टर फोहर उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment