Comments Add Comment

‘चङ्गाचेट’मा ‘कलेज गर्ल’ प्रियंका, आयुष्मानसँग जोडी वाँध्दै


नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको प्रेम चर्चा अब नौलो रहेन । यी दुई चलचित्रको पर्दामा भन्दा बाहिरी दुनियाँमा बढी हिट छन् । प्रेममा रमाएको केहि समयदेखि नै मिडियामा खुलेको यो जोडी अहिले विभिन्न कारणले चर्चामा छ ।

यो जोडीले चलचित्रमा पनि एकसाथ गरिरहेको छ । चलचित्र ‘कथा काठमाण्डौ’देखि सुरु भएको यी दुइको चलचित्र यात्रा अब निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्र ‘चङ्गाचेट’मा पनि जोडिने भएको छ ।

यो चलचित्रमा आयुष्मान देशराज जोशी, ऋचा शर्मा, रविन्द्र झा, सन्ध्या केसीको मुख्य भूमिका छ । निर्माणपक्षले यी कलाकार मात्र सार्वजनिक गरेको थियो । अब, यो चलचित्रमा नायिका प्रियंका कार्की पनि जोडिएकी छिन् । चलचित्रमा नायिका कार्कीको फरक भूमिका छ । उनी, यो चलचित्रमा ‘कलेज गर्ल’को भूमिकामा देखिदैछिन् । यो चलचित्रमा आयुष्मानको जोडीको रुपमा प्रियंका देखिन लागेको वुझिएको छ ।

चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । माधव वाग्लेको निर्माणमा बन्न लागेको यो चलचित्रका निर्देशक खनालले २५ लाख पारिश्रमिक लिएपछि यसले चर्चा पाएको थियो । अब, चलचित्रमा नायिका प्रियंकाकार्की र नायक आयुष्मान देशराज जोशीको जोडी एकसाथ देखिने भएपछि, यसले पनि चर्चा पाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment