Comments Add Comment

मानव तस्करीको आरोपमा गायक दलेर मेहेन्दीलाई २ बर्षको जेल सजाय


भारतीय पप गायक दलेर मेहेन्दीलाई मानव तस्करीको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । यद्यपि उनी धरौटीमा छुटेका छन् । पञ्जावको अदालतले दलेरसहितका ७ जनाले सन् २००३ मा मानिसहरुलाई पश्चिमी देशहरुमा पुर्‍याउने झूठो आश्वासन दिएर ठूलो रकम लिएकोमा शुक्रबार दोषि ठहर गरेको हो । त्यसलगत्तै पक्राउ परेका उनीहरु धरौटीमा छुटेका छन् ।

मेहन्दी १९९० को दशकका लोकप्रिय पन्जावी गायक हुन् । उनको विदेशमा समेत राम्रो फ्यान फलोइङ रहेको छ । सन् १९९८ र ९९ मा उनले कम्तिमा १० जना आप्रवासहीहरुलाई डान्सरको रुपमा अमेरिका लिएर गएका थिए र उतै छोडेर फर्केका थिए ।

पन्जाब प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेपछि ३५ जना व्यक्तिहरुले उनीििवरुद्ध विभिन्न उजुरी गरेका छन् । उनीहरु सबैले आफूहरुलाई विदेश पठाइदिने झूटो आश्वासन दिएर पैसा खाइदिएको आरोप लगाएका छन् ।

मेन्दीले पञ्जाब अदालतको फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन् । दलेरले थुप्रै बलिउड चलचित्रमा गीत गाएइका छन् । भांगडा पपमा उनी उत्कृष्ट मानिन्छन् । उनको पहिलो एल्बम २ करोड कपि विक्री भएको थियो । उनले १८ देशमा अहिलेसम्म कन्सर्ट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment