Comments Add Comment

घोडाका लागि खुल्यो दुनियाँकै पहिलो पाँच तारे होटल 

कतारका घोडाले पाएको सुविधाबारे चर्चा गर्दा धेरै मान्छेलाई इर्ष्या लाग्न सक्छ । किनभने यहाँको अल शाकब घोडचढी सेन्टरका घोडाहरुलाई फाइभ स्टार रिसोर्टको सुविधा दिएर राखिएको छ ।

जहाँ स्वीमिङपुल, ब्युटीपार्लर, जिमहल, सुत्केरी कक्ष  र अत्याधुनिक रेष्टुरेन्टको व्यवस्थासमेत छ ।

कतारको राजधानी दोहा आसपासमा घोडाको लागि एउटा विशाल कक्ष छ, यहाँ घोडाहरुले परिस्कृत जीवनशैलीको अनुभव गर्न पाउँछन्, जुन फाइभ स्टार रिसोर्टको सुविधाजस्तै छ र परम्परागत घोडा तबेला भन्दा धेरै नै सुविधासम्पन्न छ ।

यहाँ घोडाहरुले फिटनेस प्रोग्रामको मज्जा पनि लिन सक्नेछन् । रातिमा तथा दिउँसोमा मरुभूमि तातेका बेला घोडाहरु बातानुकुलित कक्षमा बस्ने गर्छन् ।

अल शाकब घोडचढी सेन्टरमा ७ सय ४० वटा घोडाहरु छन् । यहाँ सुन्दर घोडाहरुले नयाँ आगन्तुक आउँदा शिर झुकाएर स्वागत गर्छन् ।

यहाँ एउटा शिक्षा विभाग पनि छ जहाँ ६ देखि १८ वर्षसम्मका कतारीलाई घोडचढी जीवनको बारेमा जानकारी गराइन्छ । किनभने कतारको नयाँ पुस्ता घोडा सवार र घोडाका प्रजातिबारेमा जानकारी लिन सक्षम हुन् ।

अल शाकबले आगामी दिनमा सात तारे लक्जरी  होटल सञ्चालन गर्ने योजना बनाएको छ  । यो दुनियाँमै घोडाका लागि पहिलो पटक खुलेको पाँच तारे होटल मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment