Comments Add Comment

५ वर्षभित्रै काठमाडौंमा रेल गुड्छ : मन्त्री महासेठ


४ चैत, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेलमार्ग गुड्ने दावी गरेका छन् ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको भन्दै उनले पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

रिपोर्टस क्लब नेपालको साक्षात्कारमा मन्त्री महासेठले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ?’ उनले भने, ‘ढुक्क हुनुस्, पाँच वर्षभित्र उपत्यकामा रेल गुड्छ ।’

स्रोत साधन भएपनि सदुपयोग हुन नसक्दा विकास नभएको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए । ‘एउटा खानी उत्खनन् गर्न सके पनि ५० वर्षलाई पुग्छ । हामीले नसकेको विदेशी सहयोग लिन्छौं’ मन्त्री महासेठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment