Comments Add Comment

कांग्रेस निकट कर्मचारीको सातौं महाधिवेशन चितवनमा सुरू

अध्यक्षमा तीन जनाको दावी

४ चैत, चितवन । कांग्रेस निकटका सरकारी कर्मचारीहरुको संगठन, नेपाल निजामति कर्मचारी युनियन संघको सातौं राष्ट्रिय महाधिवेशन आइतबारबाट रत्ननगरमा सुरू भएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

महाधिवेशनमा ५७० जना प्रतिनिधि र २०० जना पर्यवेक्षकको सहभागिता रहेकोे संघका अध्यक्ष सुवोधकुमार देवकोटाले जानकारी दिए ।

परिर्वतन संस्थागत र संघीयता कार्यान्वयको लागि गुणस्तरीय सेवा प्रदान गर्न महाधिवेशनले कर्मचारीलाई पे्ररित गर्ने अध्यक्ष देवकोटाले बताए ।

पाँचौं महाधिवेशनबाट फुटेर युनियन र संघका विभाजित भएको कांग्रेस निकटका निजामति कर्मचारीहरु सातौं महाधिवेशनबाट एकजुट हुँदैछन् ।

छैठौं महाधिवेशन छुट्टाछुट्टै गरेका संघ र युनियन सातौ महाधिवेशनसम्म आइपुग्दा एक भएका हुन् ।

महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र सात वटा प्रदेश समिति चयन गर्नेछ ।

अध्यक्षमा तीन जनाको दावी

नेपाल निजामति कर्मचारी युनियन संघको अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् ।

अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेल, महासचिव शरद अधिकारी र सचिव राजेन्द्र बुढाथोकी बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

यद्यपि सहमतिको प्रयास भैरहेको संघ आवद्ध नेताहरुले बताएका छन् । संघका ७७ जिल्लामा जिल्ला कार्यसमिति र ४६ वटा विभागीय कार्यसमिति रहेको छ । देशभर संघमा आबद्ध २८ हजार सरकारी कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment