Comments Add Comment

नेपाली क्रिकेटको सफलतापछि जिग्रीले गरे यस्तो घोषणा

नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएसँगै सिंगो देश खुशी भएको छ । सबैले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिइरहेका छन् ।

तर, हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ भने अरुभन्दा एक कदम अघि बढेका छन् । उनी बधाई दिनमा मात्रै सीमित भएनन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आफू पहलकदमी लिन तयार भएको उद्घोष गरे ।

उनले लेखेका छन्, ‘राजनीतिले हरेक दिन बिगार्दै गएको देशलाई क्रिकेटले जोड्दै छ । दुखेको देशलाई मल्हम दल्ने काम क्रिकेटले गर्‍यो, अब दुखेको क्रिकेटलाई मल्हम लगाउने पालो देशको ।’

‘हाम्रा खेलाडीहरु नेपाल आएपछि खेलाडीहरुसँग, मन्त्रीज्यूसँग र क्रिकेटको उच्च निकायसँग छलफल गरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियानको पहलकदमी लिन म तयार छु, यो सम्भव छ ।’

उनले विश्वमा ब्राजिल, अर्जेन्टिनालाई फुटबलले चिनाएजस्तै नेपाललाई सगरमाथा र बुद्धको देशबाहेक क्रिकेटले चिनाउन सक्ने बताएका छन् ।

साथै रंगशाला निर्माणका लागि उनले आर्थिक जोहो गर्ने उपाय पनि सुझाएका छन् ।

जिग्रीले लेखेका छन्, ‘हामी ५० लाख क्रिकेटप्रेमीबाट प्रतिव्यक्ति १ हजार मात्र उठाए पनि ५ अर्ब रुपैयाँ उठ्छ ।’

उनले आफ्नो तर्फबाट २० हजार दिने घोषणा गर्दै सबैलाई यो अभियानमा सामेल हुन आह्वान गरेका छन् । उनको स्टाटसमा थुप्रैले कमेन्ट गरेर समर्थन जनाइरहेका छन् ।

हास्यकलाकार सीताराम कट्टेल धुर्मुसले पछिल्लो समय आफ्नो सामाजिक कामबाट नाम कमाएजस्तै उनका भाई कुमारले पनि केही गर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment