Comments Add Comment

कांग्रेस शीर्ष नेताहरुको एकै स्वरः दुई तिहाईको ध्वाँस नदेखाऊ

४ चैत चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकारले दुई तिहाईको ध्वाँस देखाएको आरोप लगाएका छन् । सरकारले न्यायमा हस्तक्षेप थालेको नेताहरुको दाबी छ

पार्टीसम्वद्ध निजामती कर्मचारी युनियन संघको सातौं महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकाले दुई तिहाईको ध्वाँस देखाउन थालेको भन्दै त्यसबाट नडराउने चेतावनी दिए ।

‘सरकारले न्यायालय, कर्मचारीतन्त्र जहाँ पनि हस्तक्षेप गर्न खोजेको छ’ उनले भने, त्यसो भए कांग्रेस चुप लागेर बस्दैन ।’

कांग्रेस निर्वाचन र संविधान कार्यान्वयनमा जिम्मेवारीपूर्वक लाग्दा चुनावमा सोचेजस्तो परीणाम नभएको भन्दै देउवाले नआत्तिन कार्यकर्तालाई ढाडस दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको खिलापमा सरकार जान नसक्ने बताए । कांग्रेसले संविधान संशोधनको प्रस्ताव राख्दा देशद्रोही भयो भन्ने पार्टीहरुले नै अहिले मधेसवादीलाई फकाउन संविधान संसोधनको प्रस्ताव ल्याउन लागेको उनको टिप्पणी छ ।

पौडेलले ५ बर्षपछि फेरि देशमा लोकतन्त्रको झण्डा फहराउने दाबी गरे ।

कार्यक्रममा महामन्त्री शंशाक कोइराला, नेताहरु कृष्ण सिटौला, विजयकुमार गच्छदार, कोषाध्यक्ष सीतादेवी यादवले वाम गठवन्धनबाट नतर्सिन कार्यकर्तालाई आग्रह गरे ।

युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसभित्र एकता कायम गर्न सके गुमेको साख फर्काउन गाह्रो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment