Comments Add Comment

६ लाख बराबरको सामान बरामद

४ चैत्र, रौतहट । भन्सार कार्यालय रौतहटले आइतबार माधवनारायण नगरपालिका-१ दिपहीबाट तीन वटा मोटरसाइकल सहित अवैध रुपमा भित्र्याइएको लाखौं मूल्यको रेडिमेड कपडाहरु बरामद गरेको छ ।

सिमावर्ती भारतीय बजारबाट तस्करी गरि बंकुल हुदै ल्याइएको सो सामान भन्सार अधिकृत बिमल साहको कमाण्डमा खटेको टोलीले दिपही बाट नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा ढुवानी हुँदै गरेको अवश्थामा भन्सार कार्यालय तथा सशस्त्र प्रहरीको टोलीले सामान बरामद गरेको हो । ‘तीन जना तस्कर, भारतीय नम्बर प्लेटको तीन वटा मोटरसाइकल र एक लाख भन्दा बढी मूल्यको रेडिमेड कपडाहरु पक्राउ गरेका छौं ।’ भन्सार अधिकृत विमल साहले भने,’एक सातामा ६ लाख बराबरका सामानहरु बरामद गरेका र्छौ । चोरी तस्करी नियन्त्र गर्न कार्यालय बाट टोली खटाइएको छ ।’

गरुडा नगरपालिका-६ शिवनगर तवारक हुसैन, बौधिमाई नगरपालिका-२ का झगरु साह तथा अजगैवीका अमोद साहलाई सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।

रौतहटको बंकुल, रामपुरखाप, लक्ष्मीपुर भएर व्यापक रुपमा तस्करी बढेको छ । रेडिमेड कपडा, मोटरपार्टस, इलेक्ट्रोन्किस, खाद्यान्न लगायतका बस्तुहरु भारतीय बजारबाट नेपाली बजार सम्म तस्करी भएर पुग्ने गरेको छ ।

भारतीय बजारको सामान बंकुल भएर दिपही सम्म पुग्दा बाटोमा पर्ने दर्जनौ प्रहरी यूनिटहरुले कारवाही नगर्नुले समेत रौतहटमा संगठित रुपमै तस्करी भइरहेको प्रष्टाएको छ ।

भन्सार कार्यालयले एक साताको अवधिमा मल, खाद्यान्न, मेशिनरी पार्टस तथा ठूलो मात्रामा कपडा बरामद गरेको छ ।

चोरी तस्करी नियन्त्रणका लागी आफूहरु सघन रुपमा कार्ययोजना बनाएर अगाडि बढेको भन्सार अधिकृत साहले बताए ।

स्थानीय तहको निर्वाचनपछि रौतहटमा तस्करी झनै बढेको छ भने भन्सार कार्यालयको राजश्व भने घटिरहेको छ ।

एक साता यता भन्सार कार्यालयले तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ भने चार थान मोटरसाइकल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment